तनहुँका ३६ वटा वडा पहिरोको जोखिममा | Khabarhub Khabarhub

तनहुँका ३६ वटा वडा पहिरोको जोखिममा


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ जिल्लाका दशवटै स्थानीय तहका ३६ वडा पहिरोको जोखिममा परेका छन् । पछिल्लो समय भइरहेको लगातारको वर्षाले अहिलेसम्म जिल्लामा कुनै नपुर्‍याए पनि ३६ वडा भने पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले जनाएको छ ।

पहाडी तथा भिरालो भूबनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको बढी जोखिम छ । यस्तै आगलागी, बाढी, खडेरी र सडक दुर्घटनाको जोखिम पनि जिल्लामा उत्तिकै रहेको समितिले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–१, १०, भिमाद नगरपालिका–१, ५, ६, ७, ८, भानु नगरपालिका–४, ६, १०, ११, व्यास नगरपालिका–७, ८, ९, ११, १२, आँबुखैरेनी गाउँपालिका–४ र ६ पहिरोको जोखिममा छन् । त्यस्तै, रिसिङ गाउँपालिका–१, २, ६, ७, ८, घिरिङ गाउँपालिका–३, ४, ५, बन्दीपुर गाउँपालिका–१, २, ४, ५, ६, म्याग्दे गाउँपालिका–१, २, ३ र देवघाट गाउँपालिका–४ र ५ पनि पहिरोको उच्च जोखिममा छन् ।

त्यस्तै बाढीबाट जिल्लाका २९ वडा जोखिममा छन् । व्यास नगरपालिका–१, २, ३, ५, ५, ७, ८, १०, ११, १३, आँबुखैरेनी गाउँपालिका–१, २, ३, ४, शुक्लागण्डकी नगरपालिका–२, ३, ५, ५, ६, ७, ८, ९, १०, भानु नगरपालिका–११, १३, भिमाद नगरपालिका–१, देवघाट गाउँपालिका–४ र बाढीको जोखिममा छन् । यसका अलावा रिस्ती, साँगेखोलासँग जोडिएका नगरपालिका र गाउँपालिकाहरु, नाउदी र पाउदी खोलासँग जोडिएका नगरपालिका र गाउँपालिका, क्याङ्दी, चुँदी, मादीसेती, फिर्दी खोला र चुँदीखोलासँग जोडिएका नगरपालिका र गाउँपालिका पनि बाढीको जोखिममा छन् ।

विगतको घटनाका आधारमा पहिरो, बाढी, आगलागी, खडेरीलगायतबाट जोखिम क्षेत्र पहिचान गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि सङ्कटासन्नता र क्षमताको विश्लेषणका आधारमा आठ वटा विषयगत क्षेत्रहरु निर्धारण गरिएका छन् ।

पण्डितका अनुसार जिल्लाभित्र विपद् सम्बन्धी कुनै घटना घटेको जानकारी हुनासाथ कार्ययोजनामा उल्लिखित क्षेत्रगत अगुवा निकायहरु एवं सहयोगी संस्थाहरु सक्रिय हुनेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ३ : ३६ बजे

दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा छ जना खेलाडी सहभागी हुँदै

काठमाडौं– प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा  ६ खेलाडी सहभागी हुने

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी