२ किलो ‘सुन’सहित काठमाडौंको नागढुङ्गाबाट १ जना पक्राउ | Khabarhub Khabarhub

२ किलो ‘सुन’सहित काठमाडौंको नागढुङ्गाबाट १ जना पक्राउ


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन जस्तो देखिने पहेँलो धातुसहित काठमाडौंको नागढुङ्गाबाट १ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त थानकोटबा खटिएको प्रहरीको टोलीले सुनजस्तो देखिने २ किलो पहेँलो धातुसहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याप्रुवेसी घर भएका १७ वर्षीय मिन बहादुर तामाङ छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा लु२प ६५२ नम्बरको मोटरसाइकलमा सवार तामाङको साथबाट सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको हो ।

प्रहरीका अनुसार तामाङले कालो टेपले बेरेर कम्मरमा बाँधेर उक्त धातू काठमाडौंतर्फ ल्याउँदै थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १ : ५८ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को