केन्यामा भेटियो ४२ लाख वर्ष अघिको संसारकै सानो बाँदरको जीवाश्म | Khabarhub Khabarhub

केन्यामा भेटियो ४२ लाख वर्ष अघिको संसारकै सानो बाँदरको जीवाश्म


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केन्याका वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो बाँदरको जीवाश्म (फोसिल) फेला पारेका छन् । वैज्ञानिकहरुका अनुसार बाँदरको उक्त जीवाश्म ४२ लाख वर्ष पुरानो हो । यसलाई ‘नानोपिथेकस ब्राउनी’ नाम दिइएको छ ।

केन्याको नेसनल म्युजियम, ड्युक तथा मिसोरी युनिभर्सिटीले गरेको खोजमा भेटिएको उक्त बाँदरको तौल मात्र एक किलोग्राम रहेको हुन सक्ने दावी गरिएको छ ।

यो नयाँ प्रजातिको बाँदरको बासस्थान केन्याको सुखा घासे मैदानमा रहने गरेको अनुसन्धानले पत्ता लागेको छ । पर्यावरणमा पर्दै गएको प्रभाव यस प्रजातिमा पनि पर्दा लोप भएको वैज्ञानिकहरुको भनाइ छ । यो बाँदरको जीवाश्म संसारकै सबैभन्दा पुरानो दोस्रो बाँदरको प्रजाति भएको मानिएको छ ।

ह्युमन इभोलुशन जर्नलमा प्रकाशित एक अध्ययनमा नानोपिथेकस ब्राउनी प्रजातिको बाँदर केन्याको पूर्वी क्षेत्र कानापोईमा पाइने गरेको उल्लेख गरिएको छ । कानापोईमा नै नानोपिथेकसका साथै मानवको शुरुवाती पूर्वज अस्ट्रालोपिथेकस अनामेन्सिस पनि रहेको थियो ।

अनुसन्धानअनुसार यसको नामाकरण वैज्ञानिक फ्रेन्सिस ब्राउनको नामबाट राखिएको हो । ब्राउनले ऊटा युनिभर्सिटीमा कानापोई क्षेत्रका बारे लामो समयसम्म अध्ययन–अनुसन्धान गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १ : ३० बजे

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।