च्याउ खाएर तीन परिवारका १२ जना बिरामी | Khabarhub Khabarhub

च्याउ खाएर तीन परिवारका १२ जना बिरामी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर-च्याउ खाएर उदयपुरमा १२ जना बिरामी परेका छन् । छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

च्याउ खाएर त्रियुगा नगरपालिका –९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका –४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् ।

राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमााया दनुवार, छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनिस र १७ वर्षीया रबिना दनुवार बिरामी परेका छन् ।

यस्तै, कटारी सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खादाँ टंककुमारीसहित छोराहरु १४ वर्षीय अनिश, ११ वर्षीय महेन्द्र र ९ वर्षीया छोरी सुजिता दनुवार बिरामी भएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

टककुमारीका छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ समेत बिरामी भएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले वताए । बिरामी सबैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १२ : १८ बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन