अमेरिकामा तापक्रम १०० डिग्री फरेनहाइट नाघ्यो, न्यूयोर्कमा संकटकाल घोषणा | Khabarhub Khabarhub

अमेरिकामा तापक्रम १०० डिग्री फरेनहाइट नाघ्यो, न्यूयोर्कमा संकटकाल घोषणा


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकामा केही दिन यता गर्मी एकाएक बढेको छ । आधीभन्दा बढी क्षेत्रको तापक्रम १०० डिग्री फरेनहाइट अर्थात ३७ डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ ।

गर्मीका कारण विभिन्न ठाउँमा गरी ८जनाले ज्यान गुमाएको जनाइएको छ । मृत्यु हनेमा पूर्वी अमेरिकाको मेरिल्याण्डका ६ जना रहेका छन् भने मध्य अमेरिकाको अर्कान्सास र एरिजोनाका एक एकजना रहेका छन् ।

गर्मीका कारण अमेरिकाको पूर्वी तथा मध्यक्षेत्रका झण्डै २० करोड मानिस प्रभावित भएका छन् । पूर्वी न्युयोर्कलेखि मध्यपश्चिम मिनेसोटासम्म अत्याधिक गर्मी बढेको छ । गर्मीकै कारण न्युयोर्कमा आइतबारसम्मका लागि स्थानीय संकटकाल घोषणा गरिएको छ ।

मानिसहरूलाई आवश्यक काममा बाहेक घरबाहिर ननिस्कन चेतावनी दिइएको छ । यसैगरी बाल्टिमोर, वासिंटन डिसीलगायतका कैयन सहरमा आपतकालीन योजनाहरू घोषणा गरिएका छन् । चिकित्सकहरूले गर्मीबाट जोगिनका लागि सुझाव दिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ५७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६