दुर्लभ वनस्पति संरक्षणमा समस्या « Khabarhub

दुर्लभ वनस्पति संरक्षणमा समस्या


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

बाँके- नेपालमा मात्र पाइने दुर्लभ वनस्पतिको जीवित सङ्ग्रहालयका रूपमा रहेको ढकेरी वनस्पति उद्यान बजेट अभावका कारण सङ्कटमा परेको छ । सरकारले बजेट कटौती गरेपछि संरक्षणमा समस्या भएको वनस्पति अनुसन्धान केन्द्र नेपालगञ्जका प्रमुख वरिष्ठ वैज्ञानिक सुनीलकुमार आचार्यले बताए ।

‘सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा उद्यानमा रहेका ४ सय प्रजातिका दुर्लभ वनस्पति संरक्षण गर्न समस्या भएको छ’, वरिष्ठ वैज्ञानिक आचार्यले भने । उनका अनुसार देशका विभिन्न स्थानबाट थरिथरि प्रजातिका वनस्पतिको अनुसन्धान गरी संरक्षण गर्न राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा रहेको वनस्पति उद्यानका लागि पर्याप्त बजेट विनियोजन नहुँदा समस्या भएको छ ।

रकम नभएपछि संरक्षणमा खटिने नर्सरी नाइकेको पारिश्रमिक कटौती गरेर काममा लगाइएको छ । वनस्पति अध्ययन, संरक्षण तथा उद्यान विकासका लागि चालू आर्थिक वर्षमा सङ्घीय सरकारले १२ लाख विनियोजन गरेको छ । गत आर्थिक वर्ष पाँच वटा कार्यक्रमअन्तर्गत झन्डै ३० क्रियाकलापका लागि रकम विनियोजन भएको थियो । यस वर्ष तीन वटा कार्यक्रमका लागि बजेट विनियोजन नगरिएको कार्यालय प्रमुख आचार्यले बताए ।

सरकारले वनस्पति संरक्षण तथा उद्यान विकासमा चासो नदिएको उनको गुनासो छ । सङ्घीय सरकारले वनस्पति संरक्षण र उद्यान विकासको रकम अनुसन्धान केन्द्र भवन निर्माणमा लगाएको छ ।

यसअघि जिल्ला वनस्पति कार्यालयले दुर्लभ, लोपोन्मुख तथा रैथाने वनस्पति प्रजातिको सङ्कलन, संरक्षण तथा व्यवस्थापन, स्वदेशी शोभनीय फूल, बिरुवाको अध्ययन, अनुसन्धान, ल्यान्डस्केप तथा जाति विशेष उद्यानको नियमित संरक्षण तथा व्यवस्थापन गर्दै आएको थियो । रकम कटौतीले यी कार्यक्रम प्रभावित भएको वरिष्ठ वैज्ञानिक आचार्यले बताउनुभयो । उहाँका अनुसार, वनस्पति अध्ययन, अनुसन्धान तथा बजारीकरण, नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम र राप्ती नदी प्रणाली संरक्षण कार्यक्रम यस वर्ष रोकिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ०० बजे

जुम्लाका ८ वटै स्थानीय तहको मतगणना सकियो, कहाँ कसको जित ?

जुम्ला– जुम्लाको आठ वटै स्थानीय तहको  मत गणना सकिएको छ

सिद्धुको ट्विट ‘अदालतको निर्णयलाई सम्मान गर्छु’

काठमाडौँ– नवजोत सिंह सिद्धुले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन्

सशस्त्र प्रहरीद्वारा अमेरिकन पेस्तोल र गोलीसहित एक जना पक्राउ

सप्तरी- सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजबाट

पलको मुद्दाको सुनुवाइ अर्को साता हुने

काठमाडौँ– अभिनेता पूर्णविक्रम शाह ‘पल’ को उच्च अदालत पोखरामा बिहीबार

भरतपुरमा रेनुलाई ३ हजार २७९ मतको अग्रता

भरतपुर- भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले