स्वास्थ्यका कर्मचारीको समायोजन संघिय मामिलाले गर्न सकेन : स्वास्थ्य राज्यमन्त्री यादव | Khabarhub Khabarhub

स्वास्थ्यका कर्मचारीको समायोजन संघिय मामिलाले गर्न सकेन : स्वास्थ्य राज्यमन्त्री यादव


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका कर्मचारीको समयोजन प्रक्रिया टुंग्याउन नसकेको अरोप लगाएका छन् ।

शुक्रबार औषधि व्यवस्था विभागको एक कार्यक्रममा बोल्दै स्वास्थ्यराज्यमन्त्री यदावले सामान्य प्रशासन मन्त्रालयमा स्वास्थ्यको विषयमा बुझ्ने विज्ञ जनशक्ती नै नभएको बताए ।

‘स्वास्थ्यको समयोजनको विषयमा संघिय मामिलाले कहिल्यै गर्न सक्ने विषय नै होइन, उसँग न आधार छ , न टेक्निकल म्यानपावर छ, उहाँहरुले स्वास्थ्यमा समस्या ल्याएकै हो, स्वास्थ्य मन्त्रालय र हाम्रा कार्मचारीहरु अन्यौलमा बसेकै हुन्,’ यादवले भने, ‘संघीय मामिलाले अन्तिममा आएर हात उठाएकै छ किनकी जुन समयोजन गरेको छ त्यसमा कर्मचारीको समस्या झन् बढेको छ ।’

स्वास्थ्य राज्य मन्त्री यादवले स्वास्थ्यका कर्मचारीले समयोजनको पत्र पाउन अझै समय लाग्ने बताए ।

‘अहिले समायोज सुची सार्वजनिक भए हुम्ला जुम्लामा काम गर्ने कर्मचारी एउटा पनि बस्दैनन्, त्यसको जवाफ कस्ले दिने रु,’ उनले भने, ‘अहिले गुनासो नै १३ हजारको आयो, त्यसमा ७ हजारको सम्बोधन भएको छ त्यसमा पनि कर्मचारीको चित्त बुझ्छ कि बुझ्दैन ।’

सामान्यले गुनासो सम्बोधन गरेर पठाएको कर्मचारीको सुचीमा अझै समस्या थपिएर आएको स्वास्थ्यराज्यमन्त्री यादवको भनाइ छ ।

‘हामीले आफ्नो गल्ति स्वीकार गर्नुपर्छ, यो समयोजनको विषय यति सजिलो थिएन, सम्बन्धित मन्त्रालयले गर्नुपथ्र्यो, किनकी स्वास्थ्यक्षेत्रमा ४० वटा फ्याकल्टी छ, संघिया मामिलाका कुनैपनि कर्मचारीले १० वटा भन्दा माथिको फ्याकल्टीको नाम समेत भन्न सक्दैनन् त्यसले कसरी स्वास्थ्यका कर्मचारीको समायोजन गर्न सक्छन्,’ यादवले प्रश्न गरे ‘ हामीले शुरुमै भनेका थियौं, संघियले स्वास्थ्यको समायोजन गर्न सक्दैन भनेर । सुन जोख्ने र चामल जोख्ने सफ्टोयर कसरी एउटै हुन्छ ?’

उनले कर्मचारी नै नपुगेको अवस्थामा समायोजनले कर्मचारी फाजिलमा पर्नु अचम्म लागेको बताए ।

संघीय मन्त्रालयले पठाएको सुची अनुसार नै काम गर्नुपर्ने भएकाले समायोजनमा भएको सबै समस्याको कारण संघिया मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै जिम्मेवार हुनुपर्ने स्वास्थ्य राज्यमन्त्री यादवले बताए ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ५ : ०८ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको