धर्म संस्कृतिसँग जोडिएका भावनात्मक विषयमा सरकार गम्भीर छ– मन्त्री अर्याल | Khabarhub Khabarhub

धर्म संस्कृतिसँग जोडिएका भावनात्मक विषयमा सरकार गम्भीर छ– मन्त्री अर्याल


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धर्म संस्कृति, परम्परा, जात्रा, पर्व, मठ, मन्दिरसंग जोडिएका भावनात्मक कुरामा सरकार रत्तीपनि विचलित नभएको बताएकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत आफ्नो मन्त्रालयमा विनियोजित बजेटमाथि संसदमा उठेका सवालको सम्बोधन गर्दै मन्त्री अर्यालले गुठी सम्बन्धी विधेयक अहिलेको लागि स्थगित भएपनि यसको आवश्यकता भने भइरहने उल्लेख गरिन् ।

विधेयकको आवश्यकता र औचित्य आजपनि उत्तिकै रहेको भएपनि तत्कालका लागि विधेयक फिर्ताको प्रक्रिया अघि बढीसकेको उनको भनाइ थियो ।

‘सरकारको तर्फबाट एउटा संकल्प व्यक्त भईसकेको छ । किन आवश्यक थियो भन्ने कुरा पनि बताईएको छ । त्यो आज मात्रै होइन भोली पनि छ । यससंग जोडिएका दुईवटा पक्षमा सरकार जतिखेर पनि संवेदनशील छ । हाम्रो धर्म संस्कृति, परम्परा, जात्रा, पर्व, मठ, मन्दिरसंग जोडिएका भावनात्मक कुरामा सरकार रत्ती पनि विच्चलित छैन” मन्त्री अर्यालले भनिन् ।

विधेयक फिर्ताबारे चासो राखेका सांसदलाई मन्त्री अर्यालले कानुन बुझ्न र सूचना लिन सुझाव दिइन् । उनले भनिन् “मन्त्रीको संकल्प मात्रै होइन, सरकारले हिजो मात्रै निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ । त्यो यो सदनमा पेश भएकै छैन । यहाँबाट फिर्ता हुदैन । राष्ट्रियसभाको निम्ति प्रक्रिया अगाडि बढेको छ । माननिय सदस्यहरुले पनि सूचना लिन पर्यो । कानुन बुझ्न पर्यो । ”

उनले मोहियानी हकको स्थापित गर्ने सम्बन्धमा सरकार संवेदनशील रहेको र सो सम्बन्धी कानुन निर्माणको लागि प्रक्रिया अघि बढीसकेको जानकारी गराइन् ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १ : ५१ बजे

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन