भारतको विकल्पमा चीनबाट लाभ लिन सकिँदैन– डा. बाबुराम भट्टराई | Khabarhub Khabarhub

भारतको विकल्पमा चीनबाट लाभ लिन सकिँदैन– डा. बाबुराम भट्टराई


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दुई तिहाइको सरकारले पेश गरेको बजेट सन्तुष्ट हुने खालको नभएको टिप्पणी गरेका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक माथिको छलफलमा भाग लिँदै डा. बाबुराम भट्टराईले अर्थमन्त्री बजेट निर्माणमा अलमलिएको बताए ।

पूर्व अर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले समाजवादको नाममा बजेटलाई उत्पादनमुखी भन्दा वितरणमुखि बनाउन खोजेको आरोप लगाए ।

सामान्य हिसावले हेर्दा पुरातन बजेट भन्दा सकारात्मक नै मान्नु पर्ने भएपनि अहिलेको बलियो सरकार अलमलमा पर्दा बजेट ‘सबै थोक भएर केही पनि नभएको’ रुपमा लिनुपर्ने बताए ।

यसअघि राजनीतिक अस्थिरता कारण आर्थिक क्षेत्रलाई प्राथमिकतामा राख्न नसकिएको भन्दै डा. भट्टराईले अहिलेको सरकारलाई त्यसको बाध्यता नभएको तर्क गरे ।

‘हाम्रो आवश्यकता त्यतिले पुग्दैन । दुई तिहाइको सरकार बनेको अवस्थामा हिजोको निरन्तरतासँग दाजेर हुँदैन । पञ्चायतकाल र राजतन्त्रको बजेटसँग तुलना गरेर सन्तोष लिन हुन्न’ भट्टराईले भने ।

देशको विकासलाई कछुवा गतिमा नभइ वायूपंखि घोडाको बेगमा कुदाउनु पर्ने र छलाङ मार्नुपर्ने अवस्था रहेको डा. भट्टराईको भनाइ छ ।

‘पोहोरसाल भन्दा पनि अलिकति पछाडि फर्किएर बजेट आयो’ डा. भट्टराईले भने,‘ अर्थमन्त्री नै यता जाउँ कि उता जाउँ भन्दै दोसादमा उभिन खोज्नुभयो । ’

‘झुठ, महाझुठ र तथ्यांक’ तीन थरिका झुठ हुने भन्दै डा. भट्टराईले तथ्यांक प्रस्तुत गर्दा धेरै भएको जस्तो हुने भएपनि त्यो वास्तविकता नहुने बताए । ‘आधार नै न्यून भएपछि प्रतिशत धेरै हुनुको कुनै अर्थ हुँदैन । अर्थतन्त्रको आकार नै ३० खर्ब बराबरको छ त्यस्तो कम आधार भएको अर्थतन्त्रमा ६/७ प्रतिशत आर्थिक वृद्धि हुनु अनौठो होइन । इन्द्र भगवानको कृपाले पानी राम्रै आइरहेको छ कृषि उत्पादनमा बृद्धि आएको छ ।’

प्रतिपक्षी र सत्तापक्षको आँखाले नहेरि नागरिकको आँखाले हेर्ने हो भने बजेटमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेको उनको भनाइ थियो ।
वैचारिक अस्पस्टताले यस्ता खालका समस्या आएको डा. भट्टराईको भनाइ छ ।

नेपालको विकासको निमित्त भू राजनीतिका हिसावमा भारत र चीन जुन रुपमा आएका छन् त्यसबाट लाभ लिनुपर्ने भट्टराईको भनाइ थियो ।

चीनसँग होइन भारतसँग व्यापार

डा. भट्टराईले भारत र चीनसँग समदूरी वा बराबरीमा जान नसकिने बताए । ‘चिनियाँ अर्थतन्त्र एकदमै अगाडि आएपनि हिमाल पारी, यातायात लगायतका असुविधाका कारण अहिले नै हामी भारत र चीनसँग समदुरी वा बराबरीमा जान सक्दैनौं’ डा. भट्टराईले भने,‘ भारत प्रति नै हाम्रो अर्थतन्त्र आश्रित छ । यसलाई व्यवस्थापन गर्ने गरि नीति बनाउनुपर्छ ।’

अबको तीन चार दशकसम्म भारतको विकल्पमा चीनको अर्थतन्त्रबाट लाभ लिन नसकिने उनको भनाइ छ ।

‘हामीले चीनसँगको नाका खोल्ने कुरा गरेका छौ । त्यो ठिकै छ तर अहिले नै तीन चार दशक भारतको विकल्पमा चीनको अर्थतन्त्रबाट लाभ लिन सक्दैनौं’ डा. भट्टराईले भने,‘जतिसुकै नाका खोलेपनि बाटोहरु बनाएपनि यति टाँढा चीनसँगको व्यापार निकै महँगो पर्छ । त्यसैले भारतबाट ल्याउनु र बेच्ने गर्नुपर्छ ।’

चीनसँगको सम्बन्धलाई पनि अघि बढाउँदै गएपनि भारतसँगको आयात निर्यातको सम्बन्धलाई थप परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताए ।

कसरी दुबै देशमा निर्यात गर्न सकिन्छ भनेर चिनियाँ र भारतीयसँग गतिशिल पुलको भूमिका नेपालले खेल्नुपर्ने डा. भट्टराईको सुझाव छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ११ : ५७ बजे

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा