विश्वकप क्रिकेट : इङ्ग्ल्यान्ड र श्रीलंका भिड्दै | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : इङ्ग्ल्यान्ड र श्रीलंका भिड्दै


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) इङ्ग्ल्यान्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । इङ्ग्ल्यान्डको हेलिङ्ले लिड्स मैदानमा हुने खेलमा उपाधि दाबेदार इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार सवा ३ बजे शुरु हुनेछ ।

तुलनात्मक रुपमा बलियो इंग्ल्याण्ड पाँचौ जितको खोजीमा हुनेछ । इंग्ल्याण्डले ५ खेलमा ४ जित र १ हार व्यहोर्दै ८ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको इंग्ल्याण्ड श्रीलंकालाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ ।

श्रीलंका भने इंग्ल्याण्डलाई पराजित गर्दै आफुलाई उपाधि दाबेदारको रुपमा उभ्याउन चाहन्छ । जसको लागि श्रीलंका बलियो इंग्ल्याण्डविरुद्ध चामत्कारिक प्रदर्शन गर्न चाहन्छ ।

श्रीलंकाले ५ खेलबाट ४ अंक जोडेको छ । श्रीलंकाले १ जित निकाल्दा २ हार र २ खेल बराबरी खेलेको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका