‘प्रधानमन्त्रीले सरकार चलाउन छाडेर मनखुसी गरे पार्टीले बिदा गर्न सक्नुपर्छ’

प्रधानमन्त्रीले धरातल बिर्सनुहुन्न जनतासँग गरेका बाचा सम्झनुपर्छ

खबरहब

शुक्रबार, असार ६, २०७६

Reading Time: 12 minutes

‘प्रधानमन्त्रीले सरकार चलाउन छाडेर मनखुसी गरे पार्टीले बिदा गर्न सक्नुपर्छ’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रका खरो स्वभावका मानिएका नेता जगननाथ खतिवडा सत्तारुढ दलकै प्रतिपक्षी नेताका रुपमा देखा परेका छन् । उनले वर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नसुध्रँदा ओलीलाई मात्र होइन अहिले दुई तिहाई मत पाएको नेपाल कम्युनिस्ट पार्टीलाई नै ठूलो धक्का लाग्ने दाबी गर्छन ।

नेकपाको चौतर्फी आलोचना हुनु, जनतासँग गरिएका वाचा पूरा नगर्नुलगायतका गतिविधिले जनतामा उत्पन्न निराशा नेकपाका लागि पछिसम्म घोच्ने घाउ बनेर आउने खतिवडाको अनुमान छ । तर, अझै पनि सच्चिने मौका रहेको भन्दै उनले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आफ्नो धरातल नबिर्सन र पार्टीभित्र आन्तरिक रुपमा कस्सिएर छलफलसहित काम गर्न सुझाव पनि दिन्छन् । प्रस्तुत छ, खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश :

यत्तिधेरै जनमत प्राप्त पार्टी एकपछि अर्को घटनाक्रमले गर्दा ओरालो लाग्ने क्रममा छ । किन नेकपा लगातार ओरालो लागिरहेको छ ?

यसको म दुइटा पक्ष देख्छु । एउटा पक्ष हो गरिएका राम्रा कामहरुको पनि व्यापक प्रचारप्रसार गर्न नसक्नु । प्रचारप्रसार गर्नका लागि सिंगो सरकारका समर्थक पंत्ति एकताबद्ध भएर लाग्ने वातावरण निर्माण नहुनु । पार्टीका कार्यकर्ताहरु उत्साहपूर्व ढंगले सरकारको समर्थनमा उत्रने परिस्थिनि सिर्जना नहुनु र स्वयम सरकार आफूले गरेका कामहरुलाई बढो मित्रतापूर्ण हार्दीकतापूर्ण ढंगले त्यसको प्रचारप्रसार गर्नुको साटो एउटा दम्भपूर्ण ढंगले त्यसको प्रचारप्रसार गर्ने र गरेका कामहरुको पनि जस लिने गरी काम गर्ने प्रवृत्ति सरकारमा देखिएन । त्यसैले गरिएका राम्रा काम पनि सहज र सही रुपमा जनतासम्म पुग्न नसकेको देख्छु ।

नेपाली जनताले नेपालको कम्युनिस्ट पार्टीलाई राम्ररी बुझेका छन् । उनीहरुले अलग टापूमा भएको सिद्धान्त बोक्ने पार्टी भनेर बुझेकै छैनन्

अर्को, नराम्रा, गर्न नसकिएका र प्रशासन राम्रो चलाउँछु भन्दाभन्दै चलाउन नसकिएका विषयहरु आफ्नो ठाउँमा छन् । यसबाट के देखिन्छ भने, कुशलतापूर्वक गरिएका र गर्न नसकिएका कामहरुलाई सम्बोधन गर्न कुशलतापूर्वक आफ्ना विधि, आफ्ना प्रंक्रिया र संयन्त्रहरुलाई प्रयोग गर्न सक्ने र नसक्ने विषयले नै सरकारमा बढी विवादको विषय भइरहेको छ ।

अब यही कुशलताभित्र जोड्न चाहन्छु । ओरालो लाग्ने (डाउनफल) भन्ने शव्द प्रयोग गर्नुभो । हो, डाउन भइरहेको अनुभव गर्न सक्ने वातावरण निर्माण कसरी हुन्छ भन्ने विषयको समीक्षा गर्ने कुरा सरकारले गर्न सकिरहेको छैन । उसँग बुद्धि छ, स्रोत छ, साधन छ । विशेषज्ञ छन् । यि सबै स्रोत साधनलाई प्रयोग गरेर उसले आफू माथि तल चढिरहेको छु कि तल झरिरहेको छु भन्ने कुराको विश्लेषण गर्नुपर्छ । यो विश्लेषण गर्ने कुरामा कमि हुँदा वा नगर्दा अथवा राम्रै रछ भनेपनि नराम्रो रहेछ भन्ने प्रचार हुँदा यो बिग्रिएको अवस्था छ ।

पार्टी भित्रकै मान्छेबाट असहयोग भयो भनेर प्रधानमन्त्री र उहाँ निकटका मान्छेहरुले भन्ने गर्नुभएको छ । यो कुरा के हो ?

असहयोग चाँही कसैको हुँदैन, हुँदै हुँदैन । आज नेकपालाई कुनै आरोप लाग्दा अथवा प्रधानमन्त्रीले गरेका कामको कुनै आलोचना हुँदा वा सरकारले गरेका काम प्रति आलोचना हुँदा झट्ट आज देखिँदा प्रधानमन्त्री दोषी जस्तो देखिएपनि सरकार दोषी जस्तो देखिएपनि यसको मूल परिणामाका रुपमा भोलि यो सबै नेकपामाथि नै अपजस जाने ।र पार्टीकै आलोचना हुने र शक्ति क्षयिकरण हुने अवस्था छ ।

त्यसैले नेकपा वा प्रधानमन्त्री आफू आबद्ध रहेको पार्टी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँका प्रधानमन्त्रीले गरेका गुण दोषको जस अपजसको भागिदार पार्टी हुनेछ । भोलि विपक्षीहरुले समग्र मुलुकले नेपाली नागरिकले प्रश्न गर्दा नेकपालाई प्रश्न गर्नेछन् । केपी ओलीलाई प्रश्न गर्ने छैनन् । त्यसबेला प्रधानमन्त्री पदबाट बाहिर हुनेछन् । चुनाव आउँनै छ । त्यो चुनावमा यसको जवाफ सबै रुपमा पार्टीले दिनुपर्ने छ । त्यसकारण पार्टी सरकारको विरोधी हुँदैन । विरोधी हुनै सक्दैन । नीतिगत रुपमा वैज्ञानिक रुपमा र व्यवहारिक रुपमा पनि विरोधी हुनै सक्दैन ।

तर, उसलाई समर्थक बनाउनका लागि प्रधानमन्त्रीले कति काम गरे । कति तिनलाई रिसाए, विश्वास जिते, कति तिनको पार्टी नेता, कार्यकर्ताको अपनत्व बोध हुनेगरी, यो निर्णय प्रक्रियामा म पनि उपस्थित छु भन्ने गरी, कुनै निर्णय गर्दा उनीहरुलाई सोधिखोजी गरेर उनीहरुको परामर्श लिएर काम गर्नुभयो । कति घोषणा पत्रमा लेखिएका विषयवस्तुलाई मैले सम्बोधन गरेको छु भन्ने समीक्षा गर्ने र कार्यकर्तालाई उत्साहीत पार्ने गरी काम गर्नुभयो ।

घोषणापत्र कार्यान्वयन गरेको प्रचार कार्यकर्ताले नै गर्ने वातावरण सिर्जना गर्न सक्नुभयो । यी कुरालाई आत्मसाथ गरेर समीक्षा गर्ने हो भने जनमत उहाँको समर्थनको वा विरोधको के को हुन्छ भन्ने देखिन्छ । यसकारण यी सब कुराको कमी हुँदा खेरी अपनत्व लिन नसक्दा, गरेका काम सल्लाह नगरी आफ्ना खुसीले गरेको देखिँदाखेरि, सार्वजनिक हुने काम र प्रतिक्रियाको टिप्पणी पनि सार्वजनिक गर्छ । त्यसकारकारण यसरी आउने सार्वजनिक टिप्पणी हुन नदिने मेकानिज्मलाई त्यो संयन्त्रलाई व्यवस्थापन गर्नु प्रधानमन्त्रीको मुख्य काम हो । उहाँले त्यसो गर्नुभयो भने सम्पूर्ण नेताहरु मिलेर प्रधानमन्त्रीले गरेका राम्रा कामहरुको जस गाढा पारेर प्रशंसा गरेर त्यस्ता विरोध गर्नेहरुको प्रतिकार गरेर सिंगो पार्टी अघि बढ्छ ।

यथास्थिति हेर्दा सुधार हुने केही सम्भावना देख्नुहुन्छ कि अरु केही विकल्प छन्, राम्ररी विरोध गर्न नसक्ने प्रतिपक्षी हुँदा पनि आफ्नै पार्टीभित्रबाट सरकारको आलोचना हुनु त राम्रो होइन्, के सोच्नुहुन्छ तपाईं ?

प्रधानमन्त्रीले आजसम्म चालेका कदमहरुलाई हेर्दा आफूलाई करेक्सन गर्ने तथा यो भन्दा पछाडि फर्कने, आफूले गरेका राम्रा कामहरुको केहि टिप्पणी तथा नराम्रा कामहरुको प्रशंसा मात्र होइन आलोचना पनि सुन्ने धैयर्ता म प्रधानमन्त्रीमा कम देख्छु ।

उहाँलाई राम्रो लागेको कुरा अरुले गल्ती छ भनेर औंल्याए भने, जब त्यो सुन्न सकिँदैन, त्यो आलोचनालाई आफ्ना सूचनाको ज्ञानको, विश्लेषणको, एउटा भावको रुपमा लिन सकिँदैन र, पछाडि फर्केर आफ्नो धरातललाई हेर्ने काम गरिँदैन भने, त्यस्तो प्रधानमन्त्रीले कहिल्यै पनि जनताको पीर मर्कालाई सम्बोधन गर्न सक्दैन ।

एउटा परिकल्पना आफूले बुझेको, जानेको कुरा, मैलै राम्रो भनेर थालेको कामको पनि धेरै टिक्का टिप्पणी हुन्छ । धेरै जनाको प्रतिक्रियाबाटमात्र राम्रो नराम्रोको फैसाला हुन्छ । राम्रो र नराम्रो भन्ने कुरा पनि निरपेक्ष हुँदैन । सापेक्ष हुन्छ । त्यो परिस्थितिमा त्यो वातावरणमा त्यो मनोविज्ञानमा त्यो व्यवस्थापन प्रणालीमा कति राम्रो भन्ने कुरा हुन्छ । आफैंमा राम्रो त सबै कुरा हुनसक्छ । सूर्य सारै चम्किलो छ तर, ओजन तह फाटेर आएको बेलामा सूर्य सारै नराम्रो पनि हुनसक्छ ।

ओजनतहले छेकेको बेला सूर्य आम मानिसका लागि फाइदाजनक हुन्छ । त्यो भइरहेको पनि छ । प्रधानमन्त्रीले यस्तै कुरा हुन जुन प्रधानमन्त्रीले कसरी लिनुहुन्छ र भएका कमिकमजोरी सच्याउनुहुन्छ भन्ने हो । उहाँको आजसम्मको गतिविधि हेर्दा सच्याउने संकेत चाँही म देख्दिन ।

अबको ३० दिन भित्रमा सबै काम सकिएला भन्ने मेरो अनुमान हो । यसैमा पनि अड्किने काम भयो भने, दुई अध्यक्षलाई पार्टी पंतीले जुन विश्वास गरेको छ त्यो गुम्छ

अब म देख्दैछु, संसद छ, संसदीय दलको नेता प्रधानमन्त्री हुनुहुन्छ । संसदभित्र आफ्नो पार्टीभित्र रडको छ । विधेयकहरु आउँछन् । पार्टीका नेताहरुले, सांसदहरुले विरोध गर्नुपर्ने परिस्थिति । सरकारले काम गर्छ संसदकै अर्को समितिले विरोध गर्नुपर्ने निर्देशन दिनुपर्ने अवस्था छ । जबकी त्यो संसदीय समितिको सभापति आफ्नै पार्टीको छ । उससँग अन्र्तक्रिया गदैन्न । आफ्नो दिमागमा लागेपछि सबैकुरा ठीक भन्ने सम्झन्छ । र अर्कालाई थोपर्न बल गर्छ । थोपरिएको निर्णय राजनीतिमा सँदैव जवरजस्त हुन्छ । जबरजस्त निर्णय पालना गर्न जो कोही बाध्य हुँदैन भन्ने परिस्थितिलाई सरकारले बुझ्र्दैन । त्यसैले म के देख्छु भने, थुप्रै करेक्सनको जरुरी छ । सरकार सच्चिनका लागि ।

 सरकार सच्चिएन भने त प्रधानमन्त्री ओली मात्र डुब्नुहुन्न । नेकपा डुब्छ । गुठी विधेयक सरकारले फिर्ता नै लियो । पार्टी छोडेर राष्ट्रिय झण्ड बोकेर हिँडेका छन् । मिडिया विधेयक त्यस्तै भयो । महँगी बढेको छ । पार्टीभित्र त आन्तरिक छलफल नै नहुँदो रहेछ । कसरी पार्टी चल्छ ?

अहिलेसम्म सकिन्छ भनेर हामी लागेका छौं । पार्टीभित्र, पार्टीको सचिवालयभित्र, स्थायी कमिटीभित्र, तत्काल बहस गराउनुहोस, बहसलाई जोड दिनुहोस, नेता कार्यकर्ताको विचार सुन्नुहोस भन्ने दबाब बढेको छ । औपचारिक प्लेटफर्मबाट निर्णय गर्नुहोस भनेर दबाब दिइरहेका छौं । अब सच्चाउनुहुनेछ। सच्याउने वातावरणको अन्त्य हुँदैछ भन्ने अवस्था अहिलेसम्म छैन । त्यसैले सच्चिन्छ भन्नेमा हामी ढुक्क छौं ।

दोस्रो कुरा कार्यकर्ता पनि एक वर्षअघिसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको जति समर्थक देखिन्थे, अहिले आएर पार्टीका कार्यकर्ता, शुभेच्छुहरु प्रधानमन्त्रीका थुप्रै गतिविधिका आलोचकहरु देखिन्छन् । यसैले पनि यो कुराबाट उहाँ सचेत हुनुहुन्छ भन्ने लाग्छ ।

तर, सच्चिएन भन्ने के हुन्छ भन्ने काल्पनिक प्रश्न हो । यसको उत्तर सिद्धान्त अनुसार मात्र दिन सकिन्छ । मेरो विचारमा यो प्रधानमन्त्रीले आफूलाई सच्याउन नसकेर विधिलाई सच्याउन नसकेर पार्टीको विधान प्रक्रियामा सरकार चलाउन छाडेर आफ्नो मनखुसी गर्छ भने पार्टीले त्यस्तो प्रधानमन्त्रीलाई पदबाट बिदा गर्नुबाहेक अर्को विकल्प छैन । यो विल्कुल सैद्धान्तिक प्रश्न हो र गर्नुपर्ने कुरा पनि यही हो ।

पार्टी एकीकरण प्रक्रिया त अघि बढेन्, जिम्मेवारी बाँडफाँडको कुरा अघि बढेन, पार्टी महाधिवेशन कहिले पुग्ला, महाधिवेशन अघि नै फुट्ने त हैन भन्ने प्रश्न उठ्यो ।

अबको महाधिवेशन विचारको महाधिवेशन हुने हो । हामीले एकता महाधिवेशन गर्नेछौं भनेका छौं । त्यसैले यो महाधिवेशन विचारको महाधिवेशन हुनसक्छ । अब हामी जाने कता हो ? हामीले गर्ने क्रान्ति र परिवर्तन के हुनेहो । कता जाने हो ? स्वरुप केहो ? यो क्रान्तिलाई हेर्ने अबको विश्लेषण के हो ? नेपाल भित्र देखिएको यो पुँजिवादलाई कसरी रुपान्तरण गर्न सक्छौं ?

कसरी जनताको पक्षमा उपयोग गर्नसक्छौं ? कसरी समाजवादी उत्पादनलाई अघि बढाउन सक्छौं ? हामीले राखेको समाजवाद निर्माणको लक्ष्यलाई कसरी नेपाली समाजमा प्रयोग गर्न सक्छौं ? त्यो नेपाली समाजवाद के हो ? नेपाल विशेषता सहितको समाजवाद केहो ? आदिजस्ता विषयवस्तुले यो महाधिवेशनमा प्रवेश पाउनेछन् । यी विचारको मन्थन गरेरमात्र हामी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको कुरा लिएर अघि बढ्छौं । यसकारण एकता महाधिवेशन गर्ने भनेर एकीकरणको घोषणापत्रमा लेखिएको भएतापनि त्यो एकता विचारमा एकता भएपछिमात्र त्यसको महाधिवेशनमा एकता महाधिबेशन हुने हो ।

अर्को कुरा एकीकरण अनिवार्य छ । गर्ने पर्छ ढिलो गरियो, कमजोरी भयो, नेतृत्वले कमजोरी गर्‍यो, यो कार्यकर्ताको कमजोरी होइन, नेतृत्वको हो । यो समस्या समाधानका लागि अब एक महिला लाग्ला । मूल कुरा सकिएका छन् । अबको ३० दिन भित्रमा सबै काम सकिएला भन्ने मेरो अनुमान हो । यसैमा पनि अड्किने काम भयो भने, दुई अध्यक्षलाई पार्टी पंतीले जुन विश्वास गरेको छ त्यो गुम्छ । यदी अध्यक्षद्वयले त्यो विश्वास गुमाउनुभयो भने, पार्टी पंत्तीले गर्ने निर्णय उहाँहरुले मान्नुपर्ने अवस्था आउने छ। अहिलेसम्मको परिस्थिति यस्तो छ ।

विश्वमा कमजोर हुँदै गरेको कम्युनिस्टलाई नेपाली जनताले जनमत दिएका छन् । यो सरकार गरीबको आशाको नारा पेसेर आएको, देशभक्त पार्टी बन्ने भनेर जनताले पत्याएको हो । तर, अहिलेको अभ्यासलाई तपाईंले कसरी लिनुभएको छ ?

नेपालमा कम्युनिस्ट आन्दोलन अघि बढिरहेको र संसारमा कम्युनिस्टहरु रक्षात्मक बनिरहेको प्रसंग जुन शुरुमा कोट्याउनुभयो । नेपालको कम्युनिस्ट आन्दोलन परम्परावादी कम्युनिस्ट आन्दोलन होइन । पुजिँवादले विकास गरेका त्यसका उच्चतम राम्रा पक्षलाई समेटेर, मार्क्सवादका उच्चतम राम्रा आधारभूत दृष्टिकोण विषयवस्तुलाई समेटेर, नेपाली भूमिमा नेपाली जनताकाबीचमा निरन्तर पार्टीले काम गरेर, संगठन विस्तार गरेर अघि बढेको पार्टी हो । यसले गर्दा यो समाप्त हुन्छ । अतः यो सिद्धान्तका आधारमा समाप्त हुँदैन । यो व्यहारका कारणमात्र समाप्त हुने आधार देख्छु ।

त्यो सिद्धान्तलाई नेपाली आधारमा उतार्न हामी सफल भएका छौं । हामीले जनतासँग राम्रो र घनिभूत सम्बन्ध राख्न सफल भएका छौं । जनताको मनभित्र कम्युनिस्ट आन्दोलन आशाको केन्द्र हो भन्ने बनाउन नसकेको भए, यहाँको कम्युनिस्ट आन्दोलन नै सकिन सक्थ्यो । यसकारण हामी जनतामा आधारित कम्युनिस्ट कार्यकर्ता र कम्युनिस्ट पार्टी भएका कारण यसलाई हामी लामो समय टिकाउन सक्छौं । र हामीसँग पुजिँवादी शक्तिसँग, साम्राज्यवादी शक्तिसँग प्रतिस्पर्धा गर्नसक्ने आन्तरिक क्षमता भएकाले यसलाई हामी टिकाउन सक्छौं ।

सरकार र उसको मातहतका कर्मचारी इमान्दार, भ्रष्टाचार शुन्य सहनशिलता, जवाफदेहि भएर काम गरे भने अवश्य पनि सरकार प्रति पनि आम नागरिकको आशा र अपेक्षा फेरिने छ । विश्वास बढ्छ

यसको अर्को आधार के हो भने, नेपाली जनताले उस बखत । खासगरी २००४ सालदेखि नेपालको लोकतान्त्रिक आन्दोलन शुरु भएको छ । त्यही बेलादेखि हामी लोकतान्त्रिक आन्दोलनमा होमिएका छौं । नेपाली जनताले नेपालको कम्युनिस्ट पार्टीलाई राम्ररी बुझेका छन् । उनीहरुले अलग टापूमा भएको सिद्धान्त बोक्ने पार्टी भनेर बुझेकै छैनन् ।

उनीहरुको दैनिक जीवनसँग जोडिएर कम्युनिस्ट पार्टीले आम नागरिकको मौलिख स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, नागरिक स्वतन्त्रता यी सारा स्वतन्त्रतासँग कम्युनिस्ट आन्दोलन जोडिएको भएकाले यसलाई टुटाउँन सकिँदैन । मात्रै व्यवहारमा उत्तम सावित गराउनु चाँही चुनौती हो ।

यसलाई जोगाउन सकिन्छ कि सकिन्न भन्ने कुरामा, विकास, समृद्धिको चाहाना र जनताको अपेक्षा भनेको निरन्तर भइरन्छ । कहिल्यै रोकिँदैन । यो जति छ त्यसमा कहिल्यै पूर्ण हुँदैन् । जति बढ्छ त्यो भन्दा बढी नै खोजि भइरहन्छ ।

अनि विकास र समृद्धिको कुरा आजको भोलि सबै समस्याको समाधान गर्न सकिँदैन । यो आज सोच्छ, भोलि योजना बनाउँछ, त्यसपछि स्रोत खोज्छ । अनि त्यसलाई व्यवस्थापन गर्दै लागू हुन्छ । लागू गर्दा गल्ती हुन्छ । त्यसलाई सच्याउँछ । यसरी यो प्रक्रिया लम्बिन्छ । यसकारण नेपालको कम्युनिस्ट आन्दोलन पनि पहिला लागू गर्दै त्यसबाट सिक्दै अघि बढ्ने प्रक्रिया हो । मलाई लाग्छ केपी शर्मा ओली नेतृत्वको सरकारले पनि यसरी नै काम गर्छ । अहिले यो सरकारले दोस्रो बजेट ल्याउँदा धेरैको मन जितेको छ । अब यसलाई लागू गर्ने क्रममा आम जनताको मन जित्ने गरी कार्यान्वयन हुने तहमा जानुपर्छ ।

सरकार र उसको मातहतका कर्मचारी इमान्दार, भ्रष्टाचार शुन्य सहनशिलता, जवाफदेहि भएर काम गरे भने अवश्य पनि सरकार प्रति पनि आम नागरिकको आशा र अपेक्षा फेरिने छ । विश्वास बढ्छ ।

तपाईंलाई लाग्छ । कर्मचारीतन्त्र सुध्रिएको, भ्रष्टाचार अन्त्य भएको, सुशासन कायम भएको हामी देख्न पाउँछौं ?

सुध्रिएको जस्तो लागेको भए त अघि तपाईंले भनेजस्तो डाउनफल, आरोलो लागेको कुरा आउँदैनथ्यो । सुध्रेको जस्तो नभएको हुनाले सुध्रनका लागि ठूलो चुनौती उहाँहरुसमक्ष खडा छ । यही मन्त्रीले हुन्छ की अर्को मन्त्री चाहिने हो । संरचना कस्तो बनाउने भन्ने विषयमा प्रधानमन्त्री, उहाँका सल्लाहकारहरु र पार्टीले निर्णय गर्नुपर्छ । नत्र पार्टीलाई ठूलो घाटा हुनेछ । समग्रमा भन्दा नेपालमा धेरै सुधारको आवश्यकता छ ।

भर्खर

0