आर्मीका दीपक गुरुङलाई विशेष सम्मान | Khabarhub Khabarhub

आर्मीका दीपक गुरुङलाई विशेष सम्मान


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा । त्रिभुवन आर्मी क्लबका डिफेन्डर दीपक गुरुङ सम्मानित भएका छन् । रुस्लान सिमरा गोल्ड कपमा आर्मीले विभागिय टोलीलाई ४–२ ले हराउँदा दीपकले पनि एक गोल गरेका थिए ।

आर्मीको जितमा टंक बस्नेतले २ तथा सुदिल राईले पनि १ गोल गरे । खेलमा दीपक म्यान अफ द म्याच घोषित भए । आर्मीका लागि एपीएफविरुद्ध खेलेसँगै दीपकले एउटा कीर्तिमान पनि बनाए । सिमरा गोल्ड कपको दशौं संस्करणसम्म आइपुग्दा सबै संस्करण खेल्ने उनी पहिलो खेलाडी पनि बने ।

सबै संस्करण खेल्ने एक्लो खेलाडी भन्दै सिमरा गोल्डकपको आयोजक नवजनजागृति क्लबले उनलाई आइतबार सम्मान गरेको हो । सम्मानसहित उनलाई क्लबले १० हजार रुपैयाँ प्रदान गर्यो । उनलाई क्लबका उपाध्यक्ष शंकर थापा सहितका पदाधिकारीले सम्मान गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  २ : ४२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०