जुनियर टेबलटेनिसमा एलेन र पूजालाई स्वर्ण | Khabarhub Khabarhub

जुनियर टेबलटेनिसमा एलेन र पूजालाई स्वर्ण


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एपीएफ क्लबका एलेन महर्जनले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन् ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनलमा एलेनले काठमाडौंका एड्रियन शाहीलाई ८–११, ११–९, ११–९ र ११–८ को सेटमा पराजित गरे । काठमाडौंका उज्ज्वल मानन्धर तथा ललितपुरका कृष्णबहादुर महरा संयुक्त रुपमा तेश्रो भए ।

उक्त स्पर्धाको गल्र्समा काठमाडौंकी पूजा सोती च्याम्पियन बनिन् । फाइनलमा पूजाले भक्तपुरकी क्यारिना सुवाललाई ७–११, ११–७, ११–५ र ११–५ को सेटमा हराइन् । ललितपुरकी अनामिका कस्ती र सुनसरीकी सुलेखा ठाकुर तेश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स टिम इभेन्टको फाइनलमा भक्तपुरले काठमाडौंलाई ३–२ ले पाखा लगाउदै शीर्ष स्थान हात पा¥यो । रुपन्देही र एपीएफ तेश्रो बने ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाहीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  १ : ४० बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती