सीपका आधारमा मात्र श्रम स्वीकृति जारी गर्ने नियम तत्काल कार्यान्वयन नगर्न व्यवसायीको माग | Khabarhub Khabarhub

सीपका आधारमा मात्र श्रम स्वीकृति जारी गर्ने नियम तत्काल कार्यान्वयन नगर्न व्यवसायीको माग


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारसँग सीपमूलक तालिम लिएपछि मात्र श्रम स्वीकृति दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका प्रतिनिधिले तत्काल सीपका आधारमा कामदार पठाउन नसक्ने भन्दै ४ वटा बुँदामा संशोधन गरेर मात्र कार्यान्वयनमा गर्नुपर्ने माग राखेर वैदेशिक रोजगार विभागलाई ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारी क्षेत्रमा देखा परिरहेका समसामयिक समस्याका बारेमा  विभागलाई जानकारी गराएको संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तानाले बताए । वैदेशिक रोजगार क्षेत्र लथलिङ हुँदै गएकोप्रति व्यवसायी पनि चिन्तित भइरहेको भन्तानाको भनाइ छ । भन्तानाले भने, ‘समस्या समाधान गर्ने सरकार र व्यवसायी मिलेर काम गर्न पक्षमा व्यवसायी छन् ।’

सरकारले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मयार्दित र सुरक्षित बनाउन आवश्यक विषय लागू गर्ने विभागका महानिर्देशक भिष्मकुमार भुषालले व्यवसायीसँग भेटमा बताएको जानकारी दिए । सरकारले प्रष्ट नीति बनाएर यो क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने भएकाले व्यवसायीलाई वैदेशिक रोजगारी सुधार्न सहयोग गर्ने आग्रह गरेको उनको भनाइ छ ।

आगामी असार १५ गतेदेखि विदेश जाने कामदारले सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश गरेपछि मात्र श्रम स्वीकृति दिने भन्दै विभागले गत साता सूचना प्रकाशित गरेको थियो ।  तर, वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने व्यवायीहरुले भने सरकारको उक्त निर्णयको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ३ : २३ बजे

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर