अस्ट्रियाका फर्मुला वान राइडर लाउडाको निधन | Khabarhub Khabarhub

अस्ट्रियाका फर्मुला वान राइडर लाउडाको निधन


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रियाका लिजेण्ड फर्मुला वान राइडर निकी लाउडाको निधन भएको छ । फर्मुला वान (कार रेसिङ प्रतियोगिता) मा तीन पटकका विश्व च्याम्पियन लाउडाको ७० वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

गएको अगस्टमा फोक्सोको प्रत्यारोपण गरेका निकीले फेरारी टिमबाट सन् १९७५ र १९७७ मा फर्मुला वानको विश्व च्याम्पियन बनेका थिए भने सन् १९८४ मा निकी म्याकलरेन टिमबाट विश्व च्याम्पियन बने ।

सन् १९७६ को जर्मन ग्राण्ड प्रिक्सको रेस क्रममा निकी दुर्घटनामा परेका थिए । दुर्घटनामा उनको अनुहार र हातहरु जलेका थिए ।

तर, दुर्घटनामा परेको ६ हप्तापछि रेसमा फर्कदै उनले दुई पटक विश्व च्याम्पियनको उपाधि जित्दै आफूलाई सफल खेलाडीका रुपमा विश्वसामू चिनाएका थिए ।

आफ्नो खेल करियरबाट टाढिएसँगै लाउडा विभिन्न विमानमा लगानी गरेका थिए भने र पछिल्लो समय फर्मुल्ला वान मर्सीडिजका सम्मानीत अध्यक्ष रहेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  २ : ५३ बजे

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’- अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको