पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु | Khabarhub Khabarhub

पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– पौडी खेल्नेक्रममा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–२ का १२ वर्षीय गौरब लुंगेली मगर र महालक्ष्मी–३ का १४ वर्षीय अमिर मगर छन् ।

महालक्ष्मी–२ र ३ नम्बर वडाको सिमानामा रहेको लेगुवा खोलामा सोमबार अपरान्ह पौडी खेल्ने क्रममा घटना भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा गौरब दहमा डुबे । त्यसपछि उनलाई उद्धार गर्न खोज्दा अमिर पनि डुबेर बेपत्ता भए ।

घटनापछि दहबाट गौरबलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । यता दहमा डुबेर बेपत्ता भएका अमिरको शव आज (मंगलबार) बिहान खोलामा फेला परेको प्रहरी प्रमुख गुरुङले बताए ।

सोमबार साँझ घटनाको जानकारीपछि मारेककटहरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक गौरबको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  १२ : २४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका