सावधान! रोगी पशुको मासु बजारमा छ्याप्छ्याप्ती | Khabarhub Khabarhub

सावधान! रोगी पशुको मासु बजारमा छ्याप्छ्याप्ती



काठमाडौं–मासु अर्थात पौष्टिक आहारा । एक पटक गम्भिर भएर सोच्नुस् त यही पौष्टिक आहारा मानिएको मासु खाँदा कतै हाम्रो स्वास्थ्यमा नराम्रो असर पो गरिरहेको छ की ? खुसी र सन्तुष्टिको माध्यम बन्ने गरेको यही खाद्यान्न कतै दीर्घरोगको जड त बन्दै छैन ?

हो नियमनकारी निकायको लाचारीका कारण यही मासुमा व्यापारीहरुको मनलाग्दी मच्चिएको छ । काठमाडौंका अधिकांश मासु पसल यस्ता छन् जहाँसँगै धुलो र धुँवा उड्ने बाटो हुन्छ र मासु नछोपी खुलेआम बेचिन्छ ।

केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका अनुसार पनि राजधानीका अधिकांश मासु पसलले मापदण्ड मानेका छैनन् । पशुबधशाला तथा मासु जाँचका लागि ऐन नै तय भएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । न्याय तथा सामाजिक कल्याण मञ्च नेपालका अध्यक्ष जगन्नाथ मिश्र भन्छन्–कानून कुल्चदा मापदण्ड विपरीत पसल चलाउनेलाई फाइदा पुग्ला तर आम उपभोक्ता भने गुणस्तरहिन मासु खान बाध्य छन् ।

परीक्षण हुँदैन पशुको स्वास्थ्य

मासु पसल मात्र होइन, पशु वध गर्ने स्थानको अवस्था पनि उस्तै छ । कानूनी प्रक्रिया हेर्दा पशु बद्य गर्नु अघि स्वास्थ्य परिक्षण गरिनुपर्छ तर, भारतसँगको सीमावर्ती क्षेत्रबाट लामो समय ट्रकमा खाँदेर सोझै काठमाडौ ल्याइएका राँगा–भैसीलगायतका मासुका लागि ल्याइने पशुको न त कतै स्वास्थ्य परीक्षण गरिन्छ न त काट्नुअघि यिनीहरुलाई थोरै आराम नै गर्न दिइन्छ ।

बद्यशालामा काम गर्नेहरु भन्छन्–कुनै राँगा भैंसी रोगी भए मर्ने डरले हत्तपत्त काटिन्छ । जनस्वास्थ्यको विषयमा संवेदनशील मानिएको मासुको व्यवस्थापनमा सरकार किन चुकिरहेको छ ? उपत्यकामा मासुका लागि काटिने पशुहरुको स्वास्थ्य परिक्षण समेत गर्ने गरिएको छैन । अधिंकाश मासुपसलहरु पनि विनादर्ता सञ्चालन भैरहेका छन् । यो कुरा केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका पशुचिकित्सक योगेन्द्रप्रसाद शर्मा पनि स्वीकार्छन् । उनि भन्छन्–बेलाबखत अनुगमन हुन्छ तर, त्यो अनुगमन प्रभावकारी हुन सकेको छैन ।

बध गर्नु अघि पशुको स्वास्थ्य परिक्षण गर्नुपर्ने, बधशालामा मात्र पशु बध गरिनु पर्ने तथा बध गरिएको पशुको मासुसमेत जाँच गर्नु पर्ने व्यवस्था छ । यदि त्यस्तो नगरिएको खण्डमा पहिलो पटक पाँचहजार रुपैयाँ र दोश्रो पटकदेखि पटकै पिच्छे १० हजार जरिवाना वा १ महिना कैदको सजाय हुन्छ

हुनपनि चारैतिर फोहोरको साम्राज्यबीचमा मासु काटिन्छ । दैनिक सयौं राँगा–भैसी काटिने यो ठाउँमा न स्वच्छ पानी छ, न त मासु काटेपछि राख्ने सफा ठाउँ नै । जताततै पशुको मलमूत्र, फोहोरमैला र दुर्गन्ध ले भरिएको यो ठाउँमा पशु काट्न चाहिने आधारभूत मापदण्ड केही छैन । फोहर भुईमा असरल्ल मासु काटिन्छन् । त्यतिमात्र होइन मासु सफा गर्न ढलैढल मिसिएको विष्णुमतीको पानीसमेत प्रयोग गरिन्छ ।

अर्कातिर धुलो बाटोमा लतार्दै मासु पसलमा पुग्ने मासुको त झन् कुरा गरी साध्य नै छैन । मासुका उपभोक्ता पनि यस्तो विषयमा ख्याल गर्दैनन् । दैनिक ६ सयभन्दा बढी राँगाभैसी काटिने काठमाडौं उपत्यकाका ६५ वध स्थलमध्ये अधिंकाश वधस्थल गुणस्तरहीन छन् । यो कुरा पशुसेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकाल पनि स्वीकार्छन् । उनि भन्छन्–उपत्यकामा एउटा पनि वधशाला नै छैन, विभिन्न स्थानमा रहेका वधस्थलहरु पनि मापदण्ड विपरित छन् ।

कानूनी व्यवस्था

पशुवधशाला तथा मासु जाँच ऐन अनुसार, विना दर्ता पशु वधशाला स्थापना तथा मासु बिक्री गर्न पाइदैन । त्यस्तै बध गर्नु अघि पशुको स्वास्थ्य परिक्षण गर्नुपर्ने, बधशालामा मात्र पशु बध गरिनु पर्ने तथा बध गरिएको पशुको मासुसमेत जाँच गर्नु पर्ने व्यवस्था छ । यदि त्यस्तो नगरिएको खण्डमा पहिलो पटक पाँचहजार रुपैयाँ र दोश्रो पटकदेखि पटकै पिच्छे १० हजार जरिवाना वा १ महिना कैद वा दुवै सजाँय हुने कानूनी व्यवस्था छ ।

तर, भेटनरी जनस्वास्थ्य कार्यालयको दोश्रो चौमासिक प्रतिवेदनका अनुसार अनुगमन गरिएका ६५ मासु पसलहरुमध्ये २६ वटामात्र दर्ता भएर सञ्चालन भएका छन् । त्यस्तै २२ वटाले मात्र न्युनतम मापदण्ड पुरा गरेको देखिन्छ । अनुगमनका क्रममा मासुपसलहरुले सरसफाईमा प्रयाप्त ध्यान नदिएको, पसलमा झिंगा भन्केको, पन्जा, एप्रोन लगाउने नगरेको, जस्ता समस्या फेला परेकोसमेत प्रतिवेदनमा उल्लेख छ ।

अनुगमन गर्ने जिम्मेवारी पाएका निकायले गुणस्तरहीन मासुबारे भयावह तथ्याङ् प्रस्तुत गरिरहँदा पनि सुधार भने हुन सकेको छैन । काठमाडौंमा मात्रै मासिक झन्डै साढे तीन अर्ब रुपैयाँ बराबरको मासुको कारोबार हुने गरेको छ । राष्ट्रिय अर्थतन्त्रलाई नै प्रभाव पारिरहेको यो व्यवसायलाई सरकारले व्यवस्थित गर्न नसक्नु दुःखको कुरा हो ।

फोहोर मासुको सेवनबाट लाग्ने रोग

वीर अस्पातलाका डा. भुपेन्द्र बस्नेतका अनुसार गुणस्तरहीन मासुको सेवनबाट मुख्य गरी आउँ, हैजा, जुका, झाडापखला जस्तो रोग लाग्छ ।
यसबाहेक रेविज, वर्डफ्लु, सिस्टी सार्कोसिस, टाइफाइट तथा जण्डिसको संक्रमण पनि हुन सक्छ ।

डाक्टर बस्नेत भन्छन्–गुणस्तरहिन मासुको सेवनबाट तत्काल लाग्ने रोग मात्र नभई दिर्घकालिन असर पनि पर्न सक्छ। त्यसैले मासु खाँदा विशेष ध्यान दिनुपर्छ । चिकित्सकहरुको कुरा सुन्दा लाग्छ, राजधानीका विभिन्न स्थानमा अहिले राँगा भैंसीको बध होइन, अप्रत्यक्ष रुपमा मानव स्वास्थ्यको बध भईरहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  १० : ०३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका