नक्कली फेसबुक आइडीबाट प्रधानमन्त्रीविरुद्ध अपशब्द लेख्ने तामाङ पक्राउ | Khabarhub Khabarhub

नक्कली फेसबुक आइडीबाट प्रधानमन्त्रीविरुद्ध अपशब्द लेख्ने तामाङ पक्राउ


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपशब्द लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी प्रधानमन्त्रीविरुद्ध अमर्यादित तथा धम्किपूर्ण कमेन्ट गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकका ३४ वर्षीय लाल बहादुर तामाङलाई सोमबार बानेश्वरबाट पक्राउ गरेको हो ।

निजले ‘५० लाख दिनुस् ओलीलाई मारीदिन्छु’ भनी सामाजिक संजालमा कमेन्ट गरेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री ओलीलाई मात्र नभएर उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी ‘पचास करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ भन्ने कमेन्ट समेत गरेको खुल्न आएको प्रहरीले बताएका छ । उनले सलिम योन्जन तामाङ ‘भाइ’ नामक फेसबुक आईडीको प्रयोग गरी उक्त कमेन्ट गरेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा उक्त कमेन्ट सम्प्रेषण गरी जनमानसमा भ्रम तथा त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा तामाङलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ८ : ४४ बजे

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित