विष्फोटका प्रत्यक्षदर्शीले भने– मानिसहरुको शव टुक्रा–टुक्रा अवस्थामा यताउति छरिएका थिए | Khabarhub Khabarhub

विष्फोटका प्रत्यक्षदर्शीले भने– मानिसहरुको शव टुक्रा–टुक्रा अवस्थामा यताउति छरिएका थिए


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा आइतबार विहान भएको श्रृंखलाबद्ध विस्फोटमा २०७ जनाले ज्यान गुमाएका छन् । श्रीलंकाको समाचार संस्था डेलिमिर एलकेले जनाए अनुसार घटनामा ४५० भन्दा धेरै घाइते भएका छन् ।

श्रीलंका सरकारका अनुसार श्रृंखलाबद्ध विस्फोट आत्मघाती हमलाकारीले गराएका थिए । जसको योजना विदेशमा रचिएको थियो ।
श्रीलंकाली रक्षामन्त्री आर विजयवर्धनलाई बीबीसीले उदृत गर्दै भनेको छ,‘यो आत्मघाती महला हो र अहिले सम्म सात जनालाई नियन्त्रणमा लिइएको छ ।’

‘जासूसी एजेन्सीले हमलाको बारेमा सूचना दिएका थिए तर यसलाई रोक्नु भन्दा पहिला नै विस्फोट भयो, विस्फोटको योजना विदेशमा बनाइएको थियो’ रक्षा मन्त्री आर विजयवर्धनले भने ।

थप विस्फोट हुन सक्ने भन्दै मानिसहरु त्रासमा रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

श्रीलंकाको प्रधानमन्त्री कार्यालयले घटनामा नौ जना विदेशीको मृत्यु भएको जनाएको छ ।

विस्फोटमा कसको संलग्नता छ भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तीन चर्च र कोलम्बोमा रहेका तीन पाइभ स्टार होटलमा विस्फोट भएका थिए ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले सुरक्षा संयन्त्रसँगको आपतकालिन बैठक बोलाएका छन् ।

इस्टर सन्डे इसाई क्यालेन्डरमा एक ठूलो पर्व हो र यसको अवसर पारेर चर्चामा ठूलो संख्यामा मानिसहरु प्रार्थनाका लागि उपस्थित भएका थिए ।

सेन्ट एन्थोनी र अन्य चर्चमा हजारौं मानिस इस्टरको प्रार्थनाका लागि एकत्रित भएका थिए । एक प्रत्यक्षदर्शीले बीबीसीलाई जनाए अनुसार विस्फोटपछि उनले धेरै शवहरु एकमाथि अर्को खात लागेका देखेका थिए ।

प्रत्यक्षदर्शीले जे देखे

प्रत्यक्षदर्शी रोशनले बीबीसीलाई घटनाबारे बताए । ‘म आफ्नो घरमा थिए त्यतिबेला मैले टायर पड्किएको जस्तो आवाज सुने, घर बाहिर निस्कदा मैले धुवाको ठूलो मुस्लो देखे ।’ प्रत्यक्षदर्शी रोशनको भनाइ ।

उनले भने,‘हामीले विस्फोटमा परि घाइते भएका दुई तीन जनालाई अस्पताल लग्यौं, त्यहाँ मानिसहरुको शव टुक्रा टुक्रा अवस्थामा यताउति छरिएका थिए ।’

श्रीलंकामा करिब २५ वर्ष चलेको गृहयुद्ध समाप्त भएपछि छिटफुट हिंसाका घटना हुने गरेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : ११ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना