तपाईंको उमेर कति भयो, लक्षण नदेखिदै रोग पत्ता लगाउन कुन उमेर समूहले के परीक्षण गर्ने ? | Khabarhub Khabarhub

तपाईंको उमेर कति भयो, लक्षण नदेखिदै रोग पत्ता लगाउन कुन उमेर समूहले के परीक्षण गर्ने ?


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नसर्ने रोगहरु उपचार गर्न सकिने र निको हुन सक्ने रोगहरु हुन्छन् । मानिसलाई लाग्ने रोगबारे समयमै सचेत हुन समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

रोग लाग्न नदिन तथा समयमै रोग पत्ता लगाउन चिकित्सकको सल्लाहमा समय समयमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । स्वास्थ्य परीक्षण गराउन मानिसहरु बिरामी नै हुनपर्छ भन्ने छैन ।

स्वास्थ्य परीक्षण गर्दा लक्षण देखिनुअघि नै मानिसमा भएको रोग पत्ता लाग्छ । रोगलाई शूरुवाती अवस्थामै पत्ता लगाउन सकेमा समयमै रोग निको पार्न सकिन्छ र उपचारमा धेरै खर्च पनि हुँदैन । उमेर र लिङ्ग अनुसार विभिन्न किसिमका स्वास्थ्य परीक्षण हुन्छ ।

कुन उमेरका व्यक्तिले के परीक्षण गर्ने ?

–रक्तचाप
१८ देखि ३९ वर्षको उमेर समुहका व्यक्तिले वर्षमा एकपटक रक्तचाप परिक्षण गर्नुपर्छ । मोटोपना, उच्च रक्तचाप भएका व्यक्तिले नियमीत रुपमा रक्तचापको परीक्षण गनुपर्छ ।

– रगतमा चिनीको मात्रा
१८ देखि ३९ वर्ष उमेर समुहका व्यक्तिले हरे ३ वर्षमा एकपटक रगतमा चिनीको मात्रा परीक्षण गराउनुपर्छ । ४५ वर्ष माथिका व्यक्तिहरुले पनि हरेक ३ वर्षमा एकपटक रगतमा चिनीको मात्रा परीक्षण गर्नुपर्छ । शारीरिक निष्क्रियता, परिवारको सदस्यमध्ये कसैलाई मधुमेह भएमा, ९ पाउण्ड भन्दा बढी तौलको बच्चा जन्माएका महिलाहरुमा वा गर्भवती अवस्थामा मधुमेह भएमा,मोटोपनाका, छालाको समस्या, मुटु तथा रत्त रक्तनलीसम्बन्धी समयस्था भएका रगतमा चिनीको मात्रा परीक्षण गराउनुपर्छ ।

–तौल र उचाइ
स्वस्थ जीवन विताउनका लागि हरेक वर्ष एकपटक आफ्नो शरीरको तौल तथा उचाइ परीक्षण गर्नुपर्छ ।

–रगतमा चिल्लो पदार्थको मात्रा
३५ वर्ष उमेर पुगेका पुरुष तथा ४५ वर्ष माथिका महिलाले रगतमा चिल्लो पदार्थको मात्रा परीक्षण गराउनु अनिवार्य छ । यदि तपाईमा मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम कम छ भने हरेक पाँच वर्षमा, यदि मुटु तथा रक्तनलीसम्बन्धी समस्या भएका हरेक दुईवर्षमा एकपटक रगतमा चिल्लो पदार्थको मात्रा परीक्षण गर्नुपर्छ ।

–पिसाब
पिसाबको परीक्षणले तपाईको शरीरभित्र लाग्ने रोगको बारे पत्ता लगाउन सकिन्छ । २० वर्ष उमेर पुगेका व्यक्तिले एकपटक पिसाब परीक्षण गराउनुपर्छ । परिवारमा कुनै सदस्यमा मिर्गौला सम्बन्धी रोग छ भने त्यो परिवारको सदस्यले वर्षमा एकपटा पिसाब परीक्षण गराउनु अनिवार्य छ । यस्तै मुटु रोग, उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिले वर्षमा एकपटक पिसाब परीक्षण गर्नुपर्छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : ०५ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक