श्रील‌ंका श्रृंखलाबद्ध बम विष्फोट : ज्यान गुमाउनेको संख्या १६० नाघ्यो | Khabarhub Khabarhub

श्रील‌ंका श्रृंखलाबद्ध बम विष्फोट : ज्यान गुमाउनेको संख्या १६० नाघ्यो


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– श्रीलंकाका विभिन्न ८ ठाउँमा भएको श्रृंखलाबद्ध बम  विष्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ६० नाघेको छ ।

मुख्य शहर कोलम्बोसहित ३  जिल्लाका ३ वटा चर्च, ३ वटा स्टार होटल  र  अन्य दुई ठाँउमा  गरी  ८ ठाउँमा भएको बम बिष्फोटमा परी ५ सय  भन्दा धेरै  मानिसहरु घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हरेक वर्षको अप्रिल महिनाको पूर्णिमापछिको पहिलो आइतबार ‘इस्टर सनडे’ नामक पर्व मनाउन भेला भएकालाई लक्षित गरी चर्च र होटलमा आक्रमण भएको हो।

तस्वीर– डेली मिरर श्रीलंका

आक्रमणकारीले श्रीलंकाको राजधानी कोलम्बोसहित नेगम्बो र बट्टिकोलामा एकसाथ आक्रमण गरेका हुन् ।  श्रीलंकाला बम आक्रमण परी ज्यान गुमाउनेको संख्या १ सय ६० पुगेको  एएफपीले जनाएको हो ।

तस्वीर– एएफपी

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आक्रमणको निन्दा गरेका छन् । साथै सबैलाई शान्त रहन उनको आग्रह छ ।

आक्रमण लगत्तै त्यहाँका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले घटनाको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन् । त्यस्तै, श्रीलंकामा सेनालाई उच्च सतर्कतामा राखिएको तथा कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था उच्च पारिएको छ ।

तस्वीर– डेलि मिरर श्रीलंका

बम आक्रमणपछि श्रीलंकाली सरकारले सोमबार र मंगलबार सार्वजनिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै विमानस्थल र अन्य संवेदनशील स्थानहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तस्वीर– एएफपी

स्थानीय अधिकारीले ईसाई धर्मावलम्बीलाई लक्षित गरी बम आक्रमण गराइएको प्रतिक्रिया दिएका छन् । आक्रमणको जिम्मा भने कुनै पनि संगठन लिएको छैन ।

यद्यपि, त्यहाँका अल्पसङ्ख्यक इसाई धर्मावलम्बीहरुले निकै लामो समयदेखि बहुसङ्ख्यक बौद्ध धर्मालवलम्वीका उग्रवादीहरुले आक्रमण गर्ने गरेको बताउँदै आएका छन् ।

पछिल्ला केही वर्षयता श्रीलंकामा धार्मिक समुदायबीच आक्रमणका घटनाहरु हुने गरेका छन् । केही वर्ष अघिमात्र श्रीलंकामा बहुसङ्ख्यक सिंहाली बौद्ध धर्मावलम्बी र मुसलमान धर्मावलम्वीच आक्रमणका घटनाहरु भएका थिए ।

सन् २००९ मा सकिएको गृहयुद्धपछि तुलनात्मक रुपमा शान्त रहेको श्रीलंकामा भएको यो केही दशक यताकै सबैभन्दा घातक बम आक्रमण हो ।

करिब २ करोड २० लाख जनसङ्ख्या रहेको श्रीलंकामा ७० प्रतिशत बौद्ध धर्मावलम्बी, १३ प्रतिशत हिन्दु, १० प्रतिशत मुसलमान तथा करिब ८ प्रतिशत इसाई धर्मावलम्बी रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  २ : १२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन