सलमान खानले बिहे नगर्नुको कारण यस्तो | Khabarhub Khabarhub

सलमान खानले बिहे नगर्नुको कारण यस्तो


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको बिहेलाई लिएर उनको परिवारमा जति चासो छ, त्यति चासो फ्यानको पनि छ । बलिउडमा सलमान खानको नाम कैयन् नायिकाहरुसँग जोडिएर आउँछ । उनको नाम संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय र क्याटरीना कैफसँग पनि जोडिएर आउँछ ।

तर, सलमान खानको बिहेको कुनै टुङ्गो छैन । अहिले भने उनको बिहेलाई लिएर नयाँ कुरा चर्चामा आएको छ । खबरका अनुसार सलमान खान आफ्नो परिवारलाई माया गर्छन्, परिवारका लागि उनले जे पनि गर्न सक्छन् । कैयन् पटक उनले बिहे गर्ने योजना पनि बनाए तर उनले आफ्नो परिवारलाई भन्दा बढी महत्त्व दोस्रो व्यक्तिलाई दिन सकेनन् ।

उनलाई लाग्छ कि, यदि बिहे गरेर पार्टनरसँग सधै साथ दिनुपर्छ, जसले गर्दा परिवारलाई साथ दिनमा कम हुन्छ । यही कारण पनि सलमान खान अझै सिङ्गल छन् । सलमानले आफ्नो परिवारलाई भन्दा बढी दोस्रो व्यक्तिलाई दिन सकेनन् ।

सलमान खान सधै आफ्नो परिवारमा खुशीसाथ रहने प्रयास गर्छन् । परिवारमा समय दिन पाइँदैन कि भनेर उनले बिहे नै गरेका छैनन् भनेर भन्न थालिएको छ ।

फिल्मको कुरा गर्दा सलमान खान ‘भारत’ मार्फत दर्शकमाझ आउँदैछन् । उक्त फिल्ममा क्याटरीना कैफ, दिशा पटानी, सुनील ग्रोवरलाई पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : ०५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन