श्रीलंका बम आक्रमण : मृत्यु हुनेको संख्या १३७ पुग्यो | Khabarhub Khabarhub

श्रीलंका बम आक्रमण : मृत्यु हुनेको संख्या १३७ पुग्यो


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाको राजधानी कोलम्बोस्थित केही गिर्जाधर (चर्च) र होटलमा भएको आक्रमणमा परि मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।

इस्टर पर्वको प्रार्थनाका लागि भेला भएकालाई लक्षित गरी चर्चामा आक्रमण गरिएको थियो । आक्रमणकारीहरुले २ वटा होटल र अन्य १ ठाउँमा गरी ६ ठाउँमा श्रृङखलाबद्ध बम विस्फोट गराएका थिए ।

आक्रमणकारीले कोलम्बोसहित बट्टिकोला, नेगङ्बो लगायत ठाउँमा पनि आक्रमण गरेका थिए ।

बीबीसीका अनुसार कोलम्बोमा मात्रै मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

यस्तै बट्टिकोलमा ५० जनाको ज्यान गएको हुनसक्ने जनाइएको छ । प्रहरीले भने अहिलेसम्म २५ जनाको शव प्राप्त भएको जनाएको छ ।

बम धमाकामा करिब ४ सय ४० जना व्यक्ति घाइते भएका जनाइएको छ ।

मृत्यु हुनेमध्ये ९ जना विदेश रहेका जनाइएको छ ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा श्रंखलावद्ध विस्फोट गराइएको जनाइएको छ ।

हरेक वर्षको अप्रिल महिनामा पूर्णिमा पछिको पहिलो आइतबारको दिन इस्टर पर्व मनाइन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १ : १९ बजे

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।