नेकपा एकीकरणः ओली–प्रचण्डको ‘एकाधिकार’ तोड्न माधव नेपाल सफल ! | Khabarhub Khabarhub

नेकपा एकीकरणः ओली–प्रचण्डको ‘एकाधिकार’ तोड्न माधव नेपाल सफल !



काठमाडौं– तीन महिनामा पार्टी एकताको सम्पूर्ण काम सक्ने गरि गत वर्ष जेठमा पार्टी एकता गरेका तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण अझै पूर्ण हुन सकेको छैन ।

एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (ने क पा) गठन भए पनि तल्ला कमिटीहरुको एकताले पूर्णता पाउन नसकेको हो ।

दुई पार्टीबीच एकता भएको १ वर्ष पुग्नै लाग्दासमेत पार्टी एकता नटुंगिदा नेकपाका तत्ला कमिटीका नेता कार्यकर्ताहरुमा निराशा छाएको छ ।

लामो समयदेखि अवरुद्ध भएको पार्टी एकताको प्रकृयालाई अन्तिम टुंगोमा पु¥याउन नेकपाका शीर्ष नेताहरु पछिल्लो समय सक्रिय भएका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतका नेता पार्टी एकीकरणलाई अन्तिम रुप दिन केही दिनयता निरन्तर छलफलमा रहेको नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

शुक्रवार र शनिवार पनि शीर्ष नेताहरुले एकताका बाँकी काम पूरा गर्ने सम्बन्धमा छलफल गरेका थिए ।

‘पार्टी एकीकरण टुंगोमा पुर्‍याउने विषयमा देखिएको समस्या समाधानका लागि शीर्ष नेताहरु निरन्तर छलफलमा जुट्नुभएको छ’ ज्ञवालीले भने, ‘सम्भवत सोमबार(भोलि) यसबारे घोषणा हुन सक्छ ।’

नेताहरु कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन पारेर वैशाख ९ गते (भोलि) एकता प्रक्रिया टुंग्याउने तयारीमा जुटेका हुन् ।

केही स्थानीय तहमा जिल्ला कार्यदलले एकताको टुंगो लगाएपनि ७७ जिल्ला कमिटी ११ महिनादेखि छुट्टा छुट्टै अस्तित्वमा छन्, त्यो पनि विघटित अवस्थामा ।

नेकपामा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् । नेता नेपाल पक्षलाई समेटेर एकतालाई अन्तिम निष्कर्षमा पुर्‍याउने तयारीमा अध्यक्षद्वय ओली र प्रचण्ड लागेका हुन् ।

‘पार्टी एकीकरणको सबैकाम सक्ने जिम्मेवारी पार्टीले दुई जना अध्यक्षहरुलाई दिएको थियो’ नेता ज्ञवालीले भने, ‘तर माधव नेपाल लगायतका नेताले एकलौटी रुपमा नभइ निश्चित विधि र मापदण्ड बनाएर पार्टी एकीकरणका काम सक्नु पर्ने बताउँदै आउनुभएको थियो ।’

यसअघि नेता नेपालले आफू पक्षधर नेतालाई पेल्न खोजेको र वरिष्ठताका आधारमा मापदण्ड बनाएर एकता गर्नुपर्ने बताउँदै आएका थिए ।
प्रदेशका इन्चार्ज र सहइन्चार्ज लगायत तोक्दा आफू पक्षधरलाई बाहिर राखिएको नेता नेपालले आरोप लगाउँदै आएका थिए ।

चन्द्रागिरीमा छलफल

केही दिन अघि नेकपाका अध्यक्षद्वसहितका नेता चन्द्रागिरीमा छलफलमा बसेका थिए । एकताबारे चन्द्रागिरी बैठकमा मोटामोटी गृहकार्य भएको र नेता नेपाल पक्षलाई सहमत गराएर एकताको काम सक्ने अन्तिम कसरतमा नेताहरु लागेका थिए ।

नेता नेपालले व्यक्तिलाई छान्ने भन्दा पनि एकीकरणमा एउटा विधि र मापदण्ड बनाउनुपर्ने र त्यसअनुसार एकीकरण प्रकृया टुंगोमा पुर्‍याउनु पर्ने बताउँदै आएका थिए ।

नेता नेपाल समूहले पार्टी अध्यक्षहरु एकलौटी रुपमा अघि बढ्न खोजे पत्रकार सम्मेलन गरेर समानान्तर कमिटिहरु घोषणा गरेर अघि जाने तयारी गरेसँगै दुई अध्यक्षले पार्टी एकीकरणको बाँकी काम तत्काल सक्न नेता नेपालसँगको छलफललाई अघि बढाएको नेता नेपाल पक्षधर एक नेताले खबरहबलाई बताए ।

‘दुई अध्यक्ष एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै माधव नेपाल पक्षका नेताहरुको असन्तुष्टि चुलिएको थियो’ नेकपाका स्थायी समिति सदस्य ज्ञवालीले भने,‘अव समस्या समाधान भएको छ, उहाँहरुका मागलाई सम्बोधन गर्दै अघिबढ्ने र आगामी दिनमा छलफल गरेर अघि बढ्ने विषयमा दुवै अध्यक्ष सहमत हुनुभएको छ ।’

कसरी मिल्यो कुरा ?

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षधर नेतालाईलाई एकीकरणको क्रममा भूमिका दिएका तर आफू पक्षधर नेता कार्यकर्तालाई ‘वाइपास’ गर्न खोजेको आरोप नेता नेपाल पक्षको थियो । एकीकरण प्रक्रियामा अर्का अध्यक्ष प्रचण्डले पनि ओलीको कुरालाई ‘क्रस’ गर्ने गरेका थिएनन् । तर, नेता नेपाल पक्षधरको निरन्तरको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने र लामो समयदेखि अवरुद्ध भएको पार्टी एकीकरणलाई टुंगोमा पुर्‍याउनुपर्ने दवाब पार्टी नेतृत्वलाई थियो । जसका कारण नेता नेपाल पक्षलाई पेलेर लैजाने भन्दा सहमतिका साथ अघि बढ्न नेताहरु तयार भएका हुन् ।

‘व्यक्तिभन्दा पनि एकीकरणको लागि निश्चित ‘विधि, मापदण्ड बनाउनु पर्छ भन्ने माधव नेपाललगायतकाको माग थियो’ नेता ज्ञवालीले भने, ‘अहिले निश्चित विधि मापदण्ड तय गर्ने भन्ने कुरामा समहति भएको छ, अध्यक्षहरु ओली, प्रचण्ड, नेपाल र कुनै बैठकमा महासचिव समेत बसेर समस्या समाधानको लागि पहल भएको हो ।’

भोलि १२ बजे पार्टीले आयोजना गर्ने कार्यक्रममा पार्टी एकीकरणका विषयमा केही निर्णय हुन सक्ने ज्ञवालीले बताए ।

माधव नेपाल पक्षले पार्टीमा एक व्यक्ति एक पद हुनुपर्ने समेत माग गर्दै आएका थिए । तर यो विषय महाधिवेशनमा गएपछि टुंगोमा पुग्ने ओली प्रचण्डको भनाइपछि नेता नेपाल यो मागबाट भने पछि हटेका नेकपाका अर्का एक नेताले बताए । उनले भने, ‘अहिलेलाई संक्रमणकालीन नीतिअनुसार अघि बढ्ने गरी नेताहरुबीच सहमति भएको छ ।’

‘यसअघि पार्टी एकताका हरेक जसो निर्णयमा दुई अध्यक्षले भनेबमोजिम हुने गरेको थियो’ नेता ज्ञवालीले भने,‘ अब नेता नेपालसँगको सहमतिले दुई जना अध्यक्षको निर्णय वा सर्वेसर्वा तोडिने अवस्था बनेको छ र पार्टी एकीकरण लगायका कामहरु निश्चित विधि निति र मापदण्डले तय गर्ने भएको छ ।’

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १२ : ४६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन