बढ्दैछ मानव बेचबिखन, सुक्ष्म अध्ययन आवश्यक | Khabarhub Khabarhub

बढ्दैछ मानव बेचबिखन, सुक्ष्म अध्ययन आवश्यक


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको बताए।

“मानव बेचबिखन धेरै प्रकारले हुने गर्छ”, उपप्रमुख ढकालले भने, “यसको अन्त्यका लागि सुक्ष्म अध्ययन अनुसन्धान गरौँ ।” मानव बेचबिखनका साथै समाजमा घट्ने लैङ्गिक हिंसाका घटना किनारा लगाउन राज्यसँगै नागरिक तहबाट पनि लाग्नुपर्नेमा जोड दिए ।

शक्ति समूह नेपालका कार्यकारी निर्देशक सुनिता दनुवारले समाजको कमजोर र निर्दोष वर्ग मानव बेचबिखनको सिकार हुने गरेको बताए । पछिल्लो समयमा मानव बेचबिखनको रुप परिवर्तन भएको बताउँदै निर्देशक दनुवारले भने, “सूचना र प्रविधिले निम्त्याएको विकृतिबाट पनि हामी सबै सचेत हुन जरुरी छ ।”

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका वडाध्यक्ष लोकप्रसाद चालिसेले रहरमा शहर पस्ने प्रलोभनका कारण मानव बेचबिखनको सिकार भएको तर्क गरे । यद्यपि यस्ता खालका जटिल समस्याको समाधानमा स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका सहभागीले मानव बेचबिखनको समस्याको अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकाय, मानव अधिकारवादी सङ्घसंस्थाले प्रधान भूमिका खेल्नुका साथै सबै तहका सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : १७ बजे

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृहमन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु