विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या बढ्दै, १० वर्षमा ७ हजारको मृत्यु | Khabarhub Khabarhub

विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या बढ्दै, १० वर्षमा ७ हजारको मृत्यु


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विगत १० वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशम पुगेका साढे ७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । २०६५ सालको साउनदेखि यता वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांकअनुसार ७ हजार ५ सय ६ जनाले रोजगारीका क्रममा विदेशीमा ज्यान गुमाएको जनाएको छ । सडक दुर्घटना, ह्दयघात र आत्महत्याका कारण धेरैले ज्यान गुमाएको बोर्डको तंथ्याकमा उल्लेख छ ।

गएको १० वर्षमा सवैभन्दा बढी मलेसिया रोजगारीमा गएका धेरै नेपाली श्रमिकले ज्यान गुमाएको बोर्डको तंथ्याकमा उल्लेख छ । रोजगारीका लागि मलेसियामा गएका मध्ये २ हजार ६ सय ११ जनाको ज्यान गएको बोर्डको तंथ्याकमा उल्लेख छ । मलेसिया ३ सय ३८ जनाले आत्महत्या गरेको बोर्डको तंथ्याक छ ।

मलेसियामा मात्रै सडक दुर्घटनाका कारण १ सय ५५ र कार्यस्थलमा भएको दुर्घटनाका कारण २ सय ५१ जनाको ज्यान गुमाएको बोर्डले जनाएको छ । प्राकृतिक कारणले ४ सय ११ जना र अन्य कारण ४ सय ७ जनाले ज्यान गुमाएको बोर्डले जानकारी दिएको छ । हृदयघातका कारण २ सय ३६ जनाको ज्यान गएको छ भने यो अवधिमा २० जनाको हत्या भएको छ । अन्य विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या मलेसियामा मात्रै ६ सय २६ पुगेको छ ।

साउदीमा सबैभन्दा धेरै नेपालीको मुत्युको कारण सडक दुर्घटना देखिएको छ । १० वर्षमा सडक दुर्घटनाका कारण ५ सय ७८ जनाको मृत्यु भएको बोर्डको तंथ्याकमा उल्लेख छ । यो अवधिमा १ सय ६४ जनाको कार्यस्थल दुर्घटनाको कारण ज्यान गुमाएको बोर्डको तंथ्याकमा छ । १ सय ६३ जनाले आत्माहत्या गरेका छन् भने ७ सय ४५ जनाको मृत्यु प्राकृतिक कारण भएको उल्लेख गरिएको छ ।

कतारमा १ हजार ४ सय २१ जनाको ज्यान गुमाएका छन् । त्यहाँ सबैभन्दा धेरै नेपाली मृत्यु हृदयघातका कारण रहेको कोर्डको तंथ्याकमा उल्लेख छ । ५ सय २१ जनाको हृदयघातका कारण ज्यान गएको छ । सडक दुर्घटनाका कारण १ सय १८ जना र कार्यस्थल दुर्घटनामा १ सय ५४ जनाको ज्यान गुमाएको बोर्डको तंथ्याकमा छ । १० वर्षमा कतारमा १ सय २५ जनाले आत्महत्या गरेका छन् । हृदयघातका कारण १ सय १२ जनाको ज्यान गएको छ । १० वर्षमा २२ जनाको हत्या भएको छ ।

बोर्डको तथ्यांक अनुसार युएईमा ५ सय ८२ जनाले ज्यान गुमाएका छन् । युएईमा सबैभन्दा धेरै नेपालीको सडक दुर्घटना र आत्महत्याका करण मृत्यु हुने गरेको छ । यो अवधिमा सडक दुर्घटनामा ७९ र आत्महत्या ९४ जनाको मृत्यु भएको बोर्डको तंथ्याकमा छ । प्राकृतिक कारणले ९९ र ३४ जनाको कार्यस्थल दुर्घटनामा ज्यान गएको छ । अन्य कारणले १ सय ६४ जनाले ज्यान गुमाएको बोर्डले जानकारी दिएको छ ।

रोजगारीको आकर्षक मुलुक दक्षिण कोरियामा भने आत्महत्या गर्नेको संख्या धेरै छ । बितेका १० वर्षमा ३६ जना नेपालीले त्यहाँ आत्महत्या गरेका छन् ।

गएको १० वर्षमा दक्षिण कोरियामा १ सय १७ जनाको ज्यान गएको छ । सडक दुर्घटनामा १४ जनाको ज्यान जाँदा ११ जनाको कार्यस्थलमै भएको दुर्घटनामा ज्यान गएको छ । एक जनाको हत्या भएको छ भने हृदयघातका कारण ६ जनाको ज्यान गएको छ । १० जनाको प्राकृतिक कारणले मृत्य भएको दक्षिण कोरियामा २३ जनाको अन्य कारणले ज्यान गएको छ।

यो अवधिमा १ सय ६४ जना महिलाले विदेशमै ज्यान गुमाएका छन् । युएईमा १२ महिलाको सडक दुर्घटनाका ज्यान गुमाएको बोर्डको तंथ्याकमा उल्लेख छ । भने, १८ जना महिलाले आत्महत्या गरेको बोर्डको तथ्यांक छ । यस्तै ओमन, बहराइन, कुवेत, जापानलगायत रोजगारीमा पुगेका नेपाली ज्यान गुमाउन गरेको बोर्डले जनाएको छ ।

बोर्डमा दर्ता भएको तंथ्याक मृतक कामदारका परिवारले आर्थिक सहायता लिएको आधारमा हो । यो भन्दा बाहेक पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता नपाएका धेरै परिवार रहेको बोर्डकै अनुमान छ । बोर्डले हालसम्ममा १ अर्ब ९५ करोड ५४ लाख आर्थिक सहायता वितरण गरेको छ ।

मृत्युको मुख्य कारण

वैदेशिक रोजगारीमा ज्यान गुमाउने मुख्य कारण सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात र आत्महत्या देखिएका छन् । विदेशिएका युवायुवतीको मृत्यु मुख्य कारण भनेको सडक दुर्घटना र मुटुसम्बन्धी समस्या हुने गरेको पाइएको छ । विदेशको तापक्रम, रहनसहन तथा नियम–कानुन नबुझ्दा मृत्युको मुखमा पुग्ने घटना बढेको बोर्डकै तंथ्याकबाट थाहा हुन्छ ।

विदेश जानुअघि सरकारी निकाय र म्यानपावर कम्पनीहरूले रोजगारदाता मुलुकबारे कुनै पनि जानकारी नदिइँदा कमाउन पुगेकाहरूले ज्यान गुमाउने गरेका छन् । वैदेशिक रोजगार ऐनमा हरेक कामदार विदेश जानुअघि कम्तीमा दुई साताको अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ । तर अधिकांश म्यानपावर कम्पनी रोजगार मुलुकमा कामदारले गर्नुपर्ने व्यवहारबारे कुनै जानकारी नदिएर युवायुवतीलाई पठाइरहेका छन् ।

मृत्युदर रोक्न सरकारले चासो दिएन

सरकारले वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्यु रोक्न चासो दिएको पाइँदैन । वार्षिक रुपमा यति धेरै नेपालीले ज्यान गुमाएपनि मृत्युलाई रोक्न सरकारले ध्यान नदिदाँ विदेशमा ज्यान गुमाउन नेपाली संख्या बढदो छ।

वैदेशिक रोजगारीमा धेरै नेपाली असुरक्षित अदक्ष कामदारको संख्या बढ्नुलाई मुख्य कारक ठान्छन् । नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ७० प्रतिशत बढी अदक्ष नै हुन्छन् । सरकारले वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्युदर रोक्नका लागि अध्ययन गरिरहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्याकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताएका छन् । सीप हासिल नगरी वैदेशिक रोजगारीमा जाँदा नेपाली कामदार जोखिममा पर्नुका साथै कम पारिश्रमिक पनि पाउँछन् । यो विषयमा सरकारले अध्ययन गरिरहेको भनाइ छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : ०१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६