राष्ट्रपति विद्या भण्डारी बुधबार चीन जाँदै | Khabarhub Khabarhub

राष्ट्रपति विद्या भण्डारी बुधबार चीन जाँदै


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ९ दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार छिमेकी राष्ट्र चीन जाने भएकी छन् । चीनको औपचाकिर भ्रमणमा ११ गते राष्ट्रपति भण्डारी नेपालबाट प्रस्थान गर्ने र १९ गते आइपुग्ने कार्यतालिका तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुनेछ । त्यस्तै बेइजिङमा हुने दोस्रो बेल्ट तथा रोड मञ्चमा सहभागी हुने कार्यक्रम छ । त्यस्तै राष्ट्रपति अन्तर्राष्ट्रिय हर्टिकल्चरल प्रदर्शनीको उद्घाटन समारोहमा पुग्ने कार्यक्रम छ।

राष्ट्रपति सीले नेतृत्व गर्ने डेलिगेसनबीच दुईपक्षीय वार्ता हुँदा दुई मुलुकबीच पारवहन सम्झौताको प्रोटोकलमा हस्तक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै राष्ट्रपति भण्डारीले दुई देशका व्यावसायिक क्षेत्रका प्रतिनिधिको सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यतालिका बनेको छ । राष्ट्रपतिले साङ्सी प्रदेशको राजधानी सिआन तथा तिब्बतको राजधानी ल्हासाको भ्रमण गर्ने पनि तालिका बनाइएको छ ।

भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतको टोली चीन जानेछ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : ४७ बजे

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए