आईपीएल क्रिकेटः पञ्जावविरुद्ध दिल्ली पाँच विकेटले विजयी | Khabarhub Khabarhub

आईपीएल क्रिकेटः पञ्जावविरुद्ध दिल्ली पाँच विकेटले विजयी


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी आईपीएल क्रिकेट अन्तर्गत शनिबार राति भएको दोस्रो खेलमा जित हात पार्दै दिल्ली क्यापिटल्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा दिल्लीले किङ्स इलाभेन पञ्जावलाई पाँच विकेटले हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको हो । दिल्लीले १० खेलबाट १२ अंक जोडेको छ ।

१ सय ६४ रनकाे विजयी लक्ष्य सहित मैदानमा उत्रिएको दिल्लीले २ बल बाँकी रहँदा ५ विकेटको क्षतिमा भेटायो ।

दिल्लीको जितका लागि शिखर धवनले ५६ रन बनाए भने श्रेयस अएरले ५८ रन बनाए । पृथ्वी साहले १३ रन बनाएका थिए । त्यस्तै रिशभ पन्तले ६ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको किङ्स इलाभेन पञ्जावले ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो ।

खेलमा नेपाली लेग स्पेनर सन्दीप लामिछानेले शानदार प्रदर्शन गरे । सन्दीपले ४० रन खर्चिएर ३ विकेट लिए । सन्दीपले लोकेश राहु, साम करण, क्रिस गेललाई आउट गर्दै ३ विकेट लिए । यो सँगै पाँच खेल खेलेका सन्दीपल ८ विकेट लिएका छन्।

प्रतियोगितामा ९ खेलबाट १४ अंकसहित चेन्नाइ सुपर किङ्स शीर्ष स्थानमा रहेको छ  भने १० खेलबाट समान १२ अंक जोडेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १२ : १५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका