भारतीय चुनावको महासंग्राम : २,२९३ दल चुनावी मैदानमा | Khabarhub Khabarhub

भारतीय चुनावको महासंग्राम : २,२९३ दल चुनावी मैदानमा



भारतमा हुन लागेको आम निर्वाचनको सरगर्मी शुरु भएको छ । चुनावका लागि सत्तारुढ दलदेखि लिएर नाममात्रका स–साना दलहरु पनि चुनावी मैदानमा होमिएका छन् । आम निर्वाचन भएकै कारण पनि सवै दलहरुले आफ्नो शक्ति प्रदर्शनलाई तीव्रता दिएका छन् । चुनाव सम्मुखमा रहँदा उनीहरुका गतिविधिले अहिले भारतीय राजनीतिकवृत्त तरंगित बनेको छ ।

संसारको सवैभन्दा ठूलो लोकतान्त्रिक मुलक भारतमा चुनावका लागि पनि उत्तिकै ठूलो संख्यामा दल दर्ताको सूची छ । भारतीय निर्वाचन आयोगको तथ्यांक हेर्ने हो भने आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या मात्रै २ हजार २ सय ९३ छ ।

आगामी अप्रिल ११ बाट भारतमा शुरु हुने आम निर्वाचन आउन तीन साता पनि बाँकी छैन । अप्रिल ११ बाट मे महिनाको १९ सम्म विभिन्न ७ चरणमा मतादन हुँदैछ भने मतगणना मे २३ बाट हुनेछ ।

चुनावको तयारीसँगै राजनीतिक दलको प्रचारप्रसार र राजनीतिक ‘प्रोपागाण्डा’ तथा ‘फण्डा’हरु पनि उत्तिकै जोडतोडसँग चलिरहेका छन् । यो चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीले कस्तो प्रदर्शन गर्ला ? प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोश्रो कार्यकाल सम्हाल्ने वा नसम्हाल्ने छिनोफानो पनि यही चुनावले निर्धारण गर्नेछ । त्यस्तै, भारतीय विपक्षी पार्टी काँग्रेसले पनि आफ्नो छवि सुधार गर्न विभिन्न राजनीतिक अभियानलाई निरन्तरता दिइरहेको छ ।

चुनावमा कुन दल सबैभन्दा ठूलो बनेर उदाउला ? सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीले कस्तो प्रदर्शन गर्ला ? चुनावपछि विपक्षी काँग्रेस पार्टीको अवस्था कस्तो रहला ? तथा अन्य क्षेत्रीय दलहरुको प्रभूत्व रहला कि नरहला ? चुनावअघि यस्ता अनेक प्रश्न उब्जिनु स्वभाविक हो । तर यी तमाम प्रश्नको उत्तर चुनावी मतपरिणामले दिनेछ । त्यसका लागि भनेक केही समय कुर्नुपर्नेछ ।

नेपाल सानो मुलुक हुनु र राजनीतिक दलको संख्या पनि थोरै हुनु नौलो होइन । तर नेपालीहरुका लागि भारतीय दलको संख्या र नाम मात्रका पार्टीले समेत अचम्मित पार्न सक्छ ।

सत्तारुढ भारतीय जनाता पार्टी, भारतीय काँग्रेस, बहुजन समाज पार्टी लगायत यो चुनावका लागि प्रभावशाी मानिएका दलहरु तथा अन्य नाममात्रका भरोसा पार्टी, सबसे बडी पार्टी, राष्ट्रिय साफ नीति सहित २ हजार २ सय ९३ पार्टी छन् ।

भारतीय निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेको एक दिन अघि मार्च ९ का दिनसम्म दर्ता भएका राजनीतिक दलको सङ्ख्या हो यो । तर, सबै पार्टीहरु उत्तिकै प्रभावशाली भने छैनन्, अधिकांश नाममात्रका छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार भारतमा जम्मा केबल ७ वटा मान्यताप्राप्त राष्ट्रिय दलहरु छन् भने बाँकी ५९ वटा राज्यस्तरका मान्यताप्राप्त दलहरु छन् । निर्वाचन आयोगमा दर्ता भएका दलहरुमध्ये १ सय ४९ दलहरु फेब्रुअरी र मार्च महिनाको अवधिमा मात्र दर्ता भएका थिए । यो वर्षको फेब्रुअरी महिनासम्म भारतमा केबल २ हजार १ सय ४३ वटा पार्टीहरु मात्र आयोगमा दर्ता भएका थिए ।

तर, सबै दलहरुले आफूअनुकूलको चुनाव चिह्न भने पाउने छैनन् । दर्ता भएका तर स्थापित दलको मान्यता नपाएका पार्टीहरुलाई स्वतन्त्र चिह्नहरु दिइनेछ । हाल भारतीय निर्वाचन आयोगले ८४ वटा स्वतन्त्र चुनाव चिह्नको व्यवस्था गरेको छ ।

निर्वाचन आयोगमा दल दर्ता गरे पनि उनीहरुले आफ्नो स्वार्थ पूरा गर्ने धेरैका दाउ हुन्छ । चुनावी स्वार्थ मिल्नासाथ कतिपयले आफ्ना उम्मेदवारहरुलाई पनि फिर्ता गराउने अवस्था देखिन्छ भने कतिपयले चुनावमा उम्मेदवारी नै दिने अवस्था देखिदैन ।

आफ्नो लज्जास्पद मतपरिणाम आउने अवस्था देख्दादेख्दै कस्ले निर्वाचनमा उम्मेदवारी देला ? तर पनि ती नाममात्रका धेरैजसो पार्टीहरुले कम्तिमा एउटा निर्वाचन क्षेत्रमा भएपनि उम्मेदवारी दिने भारतीय सञ्चारमाध्यले बताइरहेका छन् ।

तर, भारतीय निर्वाचन आयोगलाई राजनीतिक दल दर्ता गर्ने अख्तियार रहेपनि सोझै दल खारेज गर्ने अधिकार छैन । यही अवस्था कै कारण निर्वाचन आयोगमा दल दर्ताको सूची लामो बनेको बताइन्छ ।

प्रमुख दावेदारको दाैडधुप

भारतको चुनावको परिणाम सहजै अनुमान गर्न सकिने विषय होइन । यद्यपि भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका विभिन्न सर्वेक्षणमा वर्तमान सत्तारुढ बीजेपी सबैभन्दा ठूलो पार्टी नै कायम रहने जनाइन्छ । तर बीजेपीले अघिल्लो चुनावमा ल्याएजस्तो भारी बहुमत भने ल्याउन सक्नेमा आशंका छ । यद्यपि विभिन्न राज्यमा भएका पछिल्ला निर्वाचनको नतिजाले बीजेपीको अवस्था केही खस्किएको संकेत गर्छ ।

पपुलिष्ट नेताको रुपमा चित्रित गरिएका हिन्दु राष्ट्रवादी प्रधानमन्त्री मोदीले आफ्नो पपुलिष्ट मुद्दालाई मूलधारमा ल्याउनका लागि विभिन्न कमदहरु चालिरहेका छन् । विभिन्न स्थानका ऐतिहासिक इस्लामिक नामलाई हिन्दुत्वकरण गर्ने, विभिन्न हिन्दु मन्दिरहरुको नियमित दर्शन गर्ने लगायतका गतिविधिलाई  निरन्तरता दिँदै आएका छन् ।

बीजेपी नेतृत्वको सरकार रफायल भ्रष्टाचार प्रकरण तथा अन्य विभिन्न प्रकरणमा फसिरहेको छ । यसले प्रधानमन्त्री मोदी नेतृत्वको बीजेपीलाई पक्कै फाइदा पुग्दैन । यही मुद्दालाई विपक्षीहरुले सरकारको आलोचना गर्ने अस्त्र बनाएका छन् ।

प्रमुख दावेदारीको रुपमा प्रमुख प्रतिपक्षी दल काँग्रेस सरकारले आफ्नै चुनावै अभियना तीव्र बनाइरहँदा उ पनि आलोचनाबाट मुक्त हुन भने सकेको छैन ।  काँग्रेसमाथि सरकारको आलोचना मात्र गरिरहने तथा आफ्ना नयाँ एजेण्डा प्रस्तुत गर्न नसक्ने आरोप  छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ९ : २७ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को