इस्लामिक स्टेटविरुद्धको युद्ध जारी :  कुर्दिस फौज | Khabarhub Khabarhub

इस्लामिक स्टेटविरुद्धको युद्ध जारी :  कुर्दिस फौज


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरिया– पूर्वी सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्ध लडिरहेका कुर्दिस लडाकु नेतृत्वको फौजले युद्ध अझै अन्त्य नभइसकेको जनाएको छ । इस्लामिक स्टेटविरुद्ध पूर्वी सिरियाको डिएर एजजोर प्रान्तको बाघुज शहरमा लडिरहेको कुर्दिस लडाकु नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफले इस्लामिक स्टेटविरुद्धको युद्ध अझै नसकिएको जनाएको हो ।

यसअघि विभिन्न सञ्चारमाध्यममा एसडीएफले इस्लामिक स्टेटलाई पराजित गरिसकेको समाचार सार्वजनिक भएको थियो । तर, बिहीबार एसडीएफले इस्लामिक स्टेट अझै पराजित नभइसकेको र बाघुज क्षेत्रका केही क्षेत्रमा इस्लामिक स्टेटविरुद्धको कारवाही जारी नै रहेको जनाएको हो ।

यसअघि बुधबारमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट सानो भूभागमा मात्र सिमित भएको र रातभरमा इस्लामिक स्टेट पराजित भइसक्ने जनाएका थिए ।

डिएर एजजोर प्रान्तको बाघुज शहरमा इस्लामिक स्टेट पराजित भए पूर्वी सिरियामा इस्लामिक स्टेटका सम्पूर्ण भूभाग फिर्ता भइसक्ने छ ।
यद्यपि इस्लामिक स्टेटसँग अझै हजारौँ लडाकु तथा अरु नेताहरु जिवितै रहेकाले छापामार युद्ध वा अन्य शैलीका आतंकवादी आक्रमणलाई इस्लामिक स्टेटले निरन्तरता दिनसक्ने बताइन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ६ : ४८ बजे

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ