अफगानिस्तानमा नौरोजको पूर्वसन्ध्यामा आक्रमण, ६ जनाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानमा नौरोजको पूर्वसन्ध्यामा आक्रमण, ६ जनाको मृत्यु


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलमा भएका श्रृङ्खलाबद्ध विष्फोटमा ६ जनाको ज्यान गएको छ । काबुलको कर्त ए शाकी क्षेत्रमा शिया मस्जिद नजिकै ३ वा ४ मोर्टारबाट आक्रमण गरिएको अफगान आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । आक्रमणमा अरु २३ जना घाइते भएका छन् ।

आक्रमणकारीले फारसी नयाँ वर्ष नौरोजको पूर्वसन्ध्यामा आक्रमण गरेका हुन् । आक्रमणकारीले नौरोजका लागि सामान खरिद गर्न भेला भएका मानिसहरुलाई लक्षित गरी आक्रमण गरेको अधिकारीले जनाएका छन् ।

अफगानिस्तानमा सक्रिय इस्लामिक अतिवादीले नौरोज पर्वलाई गैर इस्लामिक भन्दै यस्ता गैर इस्लामिक पर्व नमनाउन उर्दी जारी गर्दै आएका छन् ।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको र स्थितीलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  २ : १४ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न