५१ जना विद्यार्थी बोकेको स्कूल बसमा ड्राइभरले नै लगाइदिए आगो | Khabarhub Khabarhub

५१ जना विद्यार्थी बोकेको स्कूल बसमा ड्राइभरले नै लगाइदिए आगो


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिलान– इटालीमा विद्यार्थी भरिएको स्कूल बस अपहरण गरी आगो लगाउने अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ । इटालीको मिलान शहरमा विद्यार्थी बोकेको बसलाई अपहरण गरी त्यसमा आगो लगाउने बसचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सेनेगलिज मूलका औसेयेनू साई रहेको इटालीका अधिकारीले जनाएका छन् । उनले स्कूले बालबालिकासहित ५१ जना सवार स्कूल बस अपहरण गरी बसमा बाहिरबाट आगो लगाएका थिए । आगो लगाए पनि बसको झ्याल तोडेर प्रहरी तथा उद्धारकर्मी बसभित्र पसी त्यहाँ फसेकालाई उद्धार गरेका थिए ।

घटनामा चामत्कारिक रुपमा कुनै गम्भीर मानवीय क्षति भने नभएको इटालीका अधिकारीले जनाएका छन् । यद्यपि बसभित्र रहेका १४ जनालाई धुवाँको कारण श्वासप्रश्वासमा सामान्य समस्या आएको बताइएको छ ।

यदि प्रहरी तथा उद्धारकर्मी समयमै घटनास्थल नपुगेको भए त्यहाँ नरसंहार हुन सक्ने अधिकारीहरुले प्रतिक्रिया दिएका छन् ।

अपहरणकारीले भूमध्य सागरमा अफ्रिकाबाट आउने आप्रवासीहरुको मृत्यु हुनुमा इटालीको आप्रवासन कानून दोषी रहेको भन्दै त्यसैको बदला लिनका लागि बसमा आगो लगाएको जनाएका छन् ।

पक्राउ पर्ने अपहराकारीविरुद्ध अपहरण, सामूहिक हत्याको प्रयास, आगजनी तथा गिरफ्तारीको प्रतिरोधको अभियोग लगाउने तयारी भइरहेको छ ।
यसरी भएको थियो घटनाः

मिलान शहरको भिलाटी डे क्रेमा भन्ने स्थानमा रहेको विद्यालयबाट दुई वटा कक्षाका विद्यार्थी र उनीहरुको अभिभावक सहित ५१ जना बोकेर नजिकैको जिम जाँदै गर्दा बसचालकले अचानक बाटो परिवर्तन गरी मिलान शहरको विमानस्थलतर्फ लगेका थिए ।

बस चलाउने क्रममा बस चालकले पटक पटक यात्रुहरुलाई छुरी देखाएर मार्ने धम्की दिन थाले ।

बसमा सवार एक बालकले आफ्नो अभिभावकलाई फोन गरेपछि उनका अभिभावकले तत्काल प्रहरीलाई घटनाबारे जानकारी गराए । त्यसपछि प्रहरीले अपहरित बसलाई रोक्ने तयारी थाल्यो । गुडिरहेको बसलाई रोक्ने प्रहरीले प्रयास गर्दा अपहरणकारी बस चालकले प्रहरीको कारलाई ठक्कर दिन पुगे ।

प्रहरीको कारलाई ठक्कर दिएको अपहरित बस रोकिन पुग्यो । रोकिएको बसबाट अपहरणकारीले ओर्लेर भूमध्य सागरको बाटो भएर अफ्रिकाबाट युरोप आउन चाहने आप्रवासीको मृत्यु भइरहेको, त्यसमा इटालीको आप्रवासन कानून जिम्मेवार रहेको र त्यसको बदलामा बस जलाइदिने चेतावनी दिन थाले ।

नभन्दै बस चालक अपहरणकारीले बसमा आगो सल्काएका थिए । तत्काल प्रहरी र उद्धाकर्मीले बसबाट त्यहाँभित्र रहेका मानिसहरुको उद्धार गरेका थिए । प्रहरीले बस चालकलाई पक्राउ गर्यो । बसभित्र रहेका सबैलाई उद्धार गरियो । घटनामा कुनै ठूलो मानवीय क्षति हुन पाएन ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  २ : ११ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती