अमेरिका भागेका प्रहरी अधिकृत सिलवाल पक्राउ | Khabarhub Khabarhub

अमेरिका भागेका प्रहरी अधिकृत सिलवाल पक्राउ


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तालिममा सहभागी हुन गएर अमेरिकाबाट नेपाल नफर्किएका एक प्रहरी अधिकृत पक्राउ परेका छन् ।

भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका बेला उतै लुकेका शसस्त्र प्रहरीका नायव निरीक्षक (सई) उमेश सिलवाल पक्राउ परेका हुन्

सशस्त्र प्रहरी बलको टोलीले लतिलपुरबाट पक्राउ गरेको हो । उनी २० चैत २०६७ देखि उनी संगठनलाई जानकारी नदिई भागेका थिए ।

भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका बेला उनी उतै लुकेको पत्ता लागेपछि सशस्त्र प्रहरी विशेष अदालतले गत वर्ष भदौमा भगौडा मुद्दामा दोषी ठहर गरी तीन वर्ष कैद सजाय सुनाएको थियो ।

सोही फैसला कार्यान्वायनको क्रममा उनलाई पक्राउ गरी महान्यायधिवक्ता कार्यालयमार्फत कारागार चलान गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी सुरज श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १० : २९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका