मिस अमेरिका २०२० को ताज २४ वर्षे वैज्ञानिक क्यामिलीलाई | Khabarhub Khabarhub

मिस अमेरिका २०२० को ताज २४ वर्षे वैज्ञानिक क्यामिलीलाई


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मिस अमेरिका–२०२०को उपाधी भर्जिनियाकी वैज्ञानिक २४ वर्षिया क्यामिली शियरले जितेकी छन् ।

अमेरिकाको मोहेगन सन एरिना, मोन्टभिल सिटीमा बिहीबार राती अबेर सकिएको प्रतियोगितामा उनले उपाधी जितेकी हुन । प्रतियोगिता जित्न उनले स्वीमस्युट लगाउनु परेन। एनले ५० जना आफना प्रतिस्पर्धीलाई पछि पादै उपाधी जितेकी हुन ।

उनले एक वर्ष अघि भर्जिनियाको टेकबाट बायोकेमिस्ट्री र प्रणाली जीवविज्ञानमा डिग्री सकेकी थिइन । अहिले उनी भर्जिनियाकै औषधी विज्ञानको अध्ययन गरिरहेकी छिन् । गाउन वान पिस ड्रेसमा चुनिदै आएको सुन्दरी प्रतियोगिता यस पटक विज्ञान प्रयोगशालाको कोट पहिरिएकी सुन्दरीले जितिन ।

उनले मिस अमेरिकाको स्टेजमा ल्याबकोट लगाएर हाइड्रोजन पेराक्साइडको उत्प्रेरक अपघटनको प्रदर्शनले दर्शक तथा निर्णायकहरु ध्यान खिच्दै मिस अमेरिकाको ताज पहिरिन सफल भइन ।

दर्शकलाई विज्ञानको बारेमा स्टेजमा बुझाउदै उनले फरक प्रस्तुतीका साथ सबैको वाही वाही पाइन । यस पटकको मिस अमेरिका यीनै वैज्ञानिकका कारण अहिले सम्मकै भिन्न भएको सहभागीहरुले बताएका छन् ।

९९ औ संस्करणको यो प्रतियोगितामामा उनले ५० हजार डलर बराबरको छात्रवृत्ति तथा मिस अमेरिकामा काम गर्ने अवसर समेत पाएकिछन् । ग्ल्यामर रेट कार्पेटमा शुरु भएको मिस अमेरिका प्रयोगशालाको सेतो कोट लगाएकी सुन्दरीको ताज सँगै सकिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ८ : ३२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन