बेलायत जनवरी ३१ देखि युरोपियन युनियनबाट बाहिरिने | Khabarhub Khabarhub

बेलायत जनवरी ३१ देखि युरोपियन युनियनबाट बाहिरिने

प्रधानमन्त्री बोरिसको प्रस्ताव संसदबाट पारित


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायत सन् २०२० को जनवरी ३१ देखि युरोपियन युनियनबाट बाहिरिने भएको छ ।

युरोपियन युनियनबाट बाहिरिने गरी बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा राखेको प्रस्ताव पारित भएसँगै बेलायत अब युरोपियन युनियनबाट बाहिरिने पक्का भएको हो ।

जनवरी ३१ मा इयूबाट बाहिरिने प्रस्तावको पक्षमा ३५८ सांसदले मत दिएका थिए । त्यसको विपक्षमा २३४ सांसदको मत परेको थियो । अर्थात बाहिरिने प्रस्ताव १२४ मतले अघि रह्यो । यो विधेयकमा अब संसदमा विस्तृत छलफल हुनेछ ।

बेलायत इयूबाट बाहिरनका लागि अब एक चरण मात्रै बाँकी रहेको प्रधानमन्त्री जोन्सनले बताएका छन् । विधेयकमाथि आउँदो जनवरी ७, ८ र ९ मा संसदमा छलफल हुने भएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ७ : २४ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको