प्रतिफल देखिने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

प्रतिफल देखिने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नव नियुक्त मन्त्रीहरुलाई प्रतिफल देखिने गरी काम गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीबार साझ बसेको पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘काम गरे नसकिने होइन, प्रतिफल देखिनेगरी गर्नुस् । मन्त्रालयको चौमासिक समीक्षा बैठकमा आउँदा प्रष्ट कार्ययोजना ल्याउनु होला ।’

उनले कार्यायोजनाअनुरुप काम भए नभएको हेरेर फागनुसम्ममा सबैको मूल्यांकन हुने बताए । सरकारको चौमासिक समीक्षा बैठक चार महिनामा बस्दै आएको छ।

नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेपछि पहिलो पटक सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको हो । बैठकमा सरकारले लिएको नीति तथा कार्यक्रमबारे नयाँ मन्त्रीहरुलाई प्रधानमन्त्रीले ओलीले निर्देशन दिए ।

उनले काठमाडौंका खाल्डा चार महिनाभित्र पुरिसक्न समेत निर्देशन दिएका छन् । पुर्नगठित मन्त्रिपरिषद्का सदस्यहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सुझाए । उनले मन्त्रालय तथा सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने जनाएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ९ : १९ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक