राजधानीमा चल्ने ट्याक्सीलाई शुक्रबारबाट नयाँ नियम | Khabarhub Khabarhub

राजधानीमा चल्ने ट्याक्सीलाई शुक्रबारबाट नयाँ नियम


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले पहिलोपटक विद्युतीय ट्याक्सीलाई समेत समेटेर ट्याक्सीको नयाँ मापदण्ड तयार पारेको छ । नयाँ मापदण्ड शुक्रबारबाट कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

आगामी दिनमा नयाँ ट्याक्सीको दर्ता खुले विद्युतीय ट्याक्सी समेत दर्ता गर्न पाउने गरी १२०० सीसीभन्दा कम क्षमताका इन्धनबाट चल्ने ट्याक्सी सञ्चालन गर्न नपाइने व्यवस्थासहित मापदण्ड तयार पारिएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘नयाँ मापदण्ड तयार भइसकेकाले शुक्रवारसम्म कार्यान्वयनमा ल्याउँछौं ।’

उनका अनुसार सामान्य गाडीमा हुने सबै विशेषता, उच्च इन्जिन क्षमता र ग्राउन्ड क्लीरेन्स, भित्री भागमा ठूलो स्पेश, अनिवार्य सुरक्षा फिचर्स, विभिन्न स्मार्ट प्रणाली, एसी लगायतको सुविधासहित यात्रा गर्न सहज हुने गरी ट्याक्सीको नयाँ मापदण्ड तयार गरिएको छ ।

मापदण्डमा काठमाडौंलाई सुहाउँदो, वातावारणमैत्री र यात्रुलाई आकर्षित गर्ने अत्याधुनिक सुविधाहरू ट्याक्सीमा हुनुपर्ने कुरा समेटिएको उनले बताए ।

विभागले २०७५ चैतमा नै ट्याक्सीको नयाँ मापदण्ड बनाएर यातायात व्यवस्था विभागमा पठाएको थियो । नयाँ ट्याक्सी दर्ता खोल्न प्रस्तावसहित विभागमा ट्याक्सीको मापदण्ड पठाइएको थियो ।

मन्त्रालयले ट्याक्सीको मापदण्ड विभागकै अधिकार भएको भन्दै १ महिना अगाडि मस्यौदा विभागमै फिर्ता पठाएको थियो ।मापदण्ड तयार भए पनि नयाँ ट्याक्सी दर्ता नखुल्दा ट्याक्सीमा रहेको सिन्डिकेट भने कायम रहने देखिन्छ ।

हाल राजधानीमा करीब ९ हजार ट्याक्सी सञ्चालनमा छन् । सरकारले २०५७ देखि नयाँ ट्याक्सी दर्ता रोकेकोमा २०७२ मा ३ हजार ३५० वटा ट्याक्सी थपेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १० : ०० बजे

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार