लक्ष्मी कमर्सियल भेहिकलद्वारा गुर्जुधारामा सर्भिस सेन्टरको सुरुवात | Khabarhub Khabarhub

लक्ष्मी कमर्सियल भेहिकलद्वारा गुर्जुधारामा सर्भिस सेन्टरको सुरुवात


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि. (पहिले गोल्ड फिश इन्टरनेशनल प्रा.लि.) ले एकै छत मुनि सर्भिस सेन्टर र ग्लोवल सिरीजको ट्रक र टिपरको नयाँ विश्वव्यापी श्रृंखला बजारमा ल्याएको छ ।

लक्ष्मी कमरसियल भेहिकल प्रालि लक्ष्मी गु्रपको सहायक कम्पनी हो र अब नेपालको लागि एसएमएल इसुजु सवारी साधनहरुको अधिकृत वितरक हो । कम्पनीले नेपालभर ग्राहकहरुलाई उत्कृष्ट विक्री तथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको छ ।

कम्पनीले जीएफआइ सर्भिसको नाममा आज नैकाप गुर्जुधारा काठमाण्डौँ स्थित एसएमएल इसुजु फ्ल्यागसिप थ्रीएक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । उक्त सेवा केन्द्र १,००,००० वर्गफिट क्षेत्रमा बाँधिएको छ ।

उक्त सेवा केन्द्रमा विक्री सेवा, स्पेयर पार्ट्स, पि.डि.आइ. केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु समावेश गरिएको छ । यस थ्रीएक सेन्टरमा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरु पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्थाले राम्रोसँग सुसज्जित छन । यस प्रकारको सेवाको साथसाथै कम्पनीेले प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनहरुको सेवा प्रदान गर्दछ ।


विहीवार उक्त कार्यक्रममा कम्पनीले नेपाली बजारका लागि सबैभन्दा धेरै प्रतिक्षा गरिएको नयाँ ग्लोवल सेरिज ट्रक र टिप्पर पनि अनावरण गरेको छ । नयाँ सुरुवात इसुजु डिजाइनको मान्यतामा आधारित छ, जसको नाम ग्लोवल सेरिज रहेको छ । नयाँ ट्रक र टिप्पर यस्तो डिजाइनमा तयार परिएको छ, जुन आधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रतिक हो । इसुजुको ग्लोवल अनुभव र जापनिज प्रविधिको मिश्रण गरिएको छ जुन नेपाली ग्राहकहरुको चाहना र आवश्यकता अनुरुप अपनाइएका कम्पनीको भनाइ छ ।

सबै नयाँ सर्वश्रेष्ठ श्रृङ्खला, इन्धन वर्गमा दक्षता, ड्राइभरको आराममा वृद्धि, राम्रो विविधता उच्च विश्वसनियता, अनुकुल मर्मत लागत र अधिकतम लोडिङ क्षमता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि . ले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिकर/निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्राइसकेको छ । जसमा एस ७ सिरिजका बसहरु, स्टान्डर्८ बसहरु, एक्जुटिभ एल एक्स कोचेज, ट्रक र टिप्पर लगायत रहेका छन् ।

लक्ष्मी ग्रुप एक प्रतिष्ठित स्तरको उत्पादन र ट्रडिङ हाउस हो जसको नाममा विभिन्न कम्पनीहरु समावेश छन् । अटोमोबाइल क्षेत्रमा विशिष्ट पहिचान सृजना गर्ने क्रममा यसले धेरै वर्ष पहिले देखि अटोमोटिभ डिभीजन सुरु ग¥यो ।

एसएमएल इसुजु पीएस जापानिज मल्टिी नेश्नल सुमिटोमो कर्पेरेशन÷इसुजु मोटर्सबिचको संयुक्त लगानीयुक्त कम्पनी हो ।

यसले ग्राहकहरुको आवश्यकता पुरा गर्ने उद्देश्यले ३३ वर्ष अघिदेखि हलुका र मध्यम व्यापारिक/निजी सवारीसाधनहरु उत्पादन वा उत्पादन प्रविधीमा मात्र केन्द्रित नभएर संगठन भित्र पनि नयाँ संस्कुती र मुल्य प्रणालीको निर्माण गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ४ : ३० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका