टी-१० लिगः वर्षाले खेल रद्द भएपछि डेकन र आबुधाबीले अंग बाँडे | Khabarhub Khabarhub

टी-१० लिगः वर्षाले खेल रद्द भएपछि डेकन र आबुधाबीले अंग बाँडे


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबुधाबी र डेकन ग्लाडीयटर्सबीचको खेल रद्द भएको छ ।

शेख जायद स्टेडियममा बुधबार राति वर्षा वाधक बनेपछि खेल रद्द भएको छ । खेल रद्द हुँदा दुवै टिमले एक एक अंक बाडेका छन् ।

आबु धाबीले दिएको १ सय १९ रनको लक्ष्यसहित ग्लाडीयटर्सले जवाफी ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेले रोकिएको थियो । खेल रोकिनु अघि ग्लाडीयटर्सले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको थियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आबु धाबीले १० ओभरमा ४ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

आबु धाबीका लागि वेनी मेड्सेनले २९ रन जोड्दा लुक राइटले २३ रन बनाए । लेवीस ग्रिगोरी २० रनमा अविजित रहे ।

ग्लाडीयटर्सका फावद अहमेदले २ विकेट लिए ।

ग्लाडीयटर्सविरुद्ध पारस भने प्लेईङ सेटमा परेनन् । सुरुवाती दुई खेल खेलेका पारस लगातार तेस्रो खेलमा टिम बाहिर रहेका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ६ : ०२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ