महराको बन्दी जीवनको खान्की– हप्तामा ५ दिन रोटी, २ दिन भात | Khabarhub Khabarhub

महराको बन्दी जीवनको खान्की– हप्तामा ५ दिन रोटी, २ दिन भात



काठमाडौं– संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ती करणी उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महरा मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । काठमाडौं जिल्ला अदालतको आदेशानुसार महरा अहिले डिल्लीबजार कारागारमा ‘कैदी जीवन’ बिताइरहेका छन् ।

महरा डिल्लीबजार कारागारको कैदी दर्ता ढड्डाको ३४३ नम्बरमा दर्ता छन् । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर्ने निश्चित भएपछि अदालतका तर्फबाट कारागार जाने भनेर सोद्धा महराले डिल्लीबजार कारागार रोजेका थिए  । अनि उनकै रोजाई अनुरुप डिल्लीबजार कारागारका जेलर अरुण पोखरेलले प्रक्रिया पुर्‍याएर ‘क’ ब्लकमा ५ जना बन्दी अट्ने ‘साझा कोठा’ मा महराको लागि पनि ‘व्यवस्था’ मिलाएका थिए ।

यस्तो छ महराको बन्दी जीवनको दैनिकी

जेलर पोखरेलका अनुसार, महराको बन्दी जीवन शैली अन्य भीआइपी कैदीबन्दीको जस्तो (रवाफिलो) नभइ निकै सामान्य खालको छ । पोखरेल महराको दैनिकी एउटै प्रकारको रहेको बताउँछन् ।

महरा सधैंजसो बिहान  ४ बजे नै उठ्छन् । उठेपछि शुरुमा नित्य कर्म गर्छन् । त्यसपछि थोरै फलफूल खान्छन् र घाम ताप्छन् । जेलमा रहेका अन्य कैदी तथा थुनुवाहरुसँग रमाइला गफगाफ गर्नेदेखि किताव पढ्नेसम्म उनका जेलजीवनका दैनिक क्रियाकलपा अन्तर्गत पर्छन् ।

महराले आफ्नो मात्र होइन सँगै रहेका अन्य साथीहरुको पनि उत्तिकै ‘ख्याल’ राख्छन् । उनी हप्तामा ५ दिन कारागारको मेसमा पाक्ने रोटी खान्छन् भने बाँकी २ दिन चाहिँ भात खान्छन् ।

जेलर पोखरेल भन्छन्, ‘अहिले महरालाई अरु बन्दीभन्दा फरक एउटा ‘सिङ्गल बेड’ उपलब्ध गराइएको छ ।’ सबैसँग सामान्य ढङ्गमा प्रस्तुत हुने उनी राति ९ बजे सुत्छन् । महराका परिवारका सदस्य भने नियमितजसो भेटघाटका लागि आउँछन् । जेलर पोखरेलका अनुसार अन्य व्यक्तिहरु भने खासै भेट्न आएका छैनन् ।

महरा सँगै ५ जना भीआइपी कैदी

कारागारकी शाखा अधिकृत सीता अधिकारीका अनुसार, महरालाई कारागारको ‘क ब्लक’मा राखिएको छ । ‘क’ ब्लकमा जम्मा ५ जना क्षमताको साझा कोठ छ । त्यो कोठामा महरा सँगै पूर्वसांसद् डोलबहादुर (डीबी) कार्की, नेपाल प्रहरीका पूर्वआईजी रमेशचन्द ठकुरी, ‘निलम्बित’ सांसद् रेशमलाल चौधरी र सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनकुमार कोइराला छन् ।

‘भीआईपी’को रोजाईमा डिल्लीबजार कारागार

कारागार व्यवस्थापन विभागका कायममुकायम महानिर्देशक बासुेदव घिमिरेका अनुसार पूर्वसभामुख कृष्णबहादुर महरालाई उनकै रोजाई अनुरुप डिल्लीबजार कारागारमा लगिएको हो । उनीसँगै रहेका पूर्वआइजीपी ठकुरी, सांसद चौधरी, पूर्वसांसद् कार्की लगायत भीआइपीहरुले पनि डिल्लीबजार कारागार नै रोजेका थिए ।

यसअघि नेपाल उद्योग बाणीज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डे, पूर्वमन्त्री श्यामसुन्दर गुप्ता, खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ लगायत अन्य थुप्रै भीआइपीहरुले डिल्लीबजार कारागारमा जेल जीवन गुजारीसकेका छन् ।

विभागका कामु महानिर्देशक घिमिरे भन्छन्, ‘अन्य कारागारको तुलनामा डिल्लीबजार कारागारमा चाप कम तथा पायक पर्ने लोकेसनका कारण पनि कैदीबन्दीको रोजाई हुने गरेको छ । त्यसबाहेक भेटघाटको पनि सुविधा सहज छ ।’ यद्यपि कैदीबन्दीलाई कुन कारागार पठाउने भन्ने अन्तिम निर्णय चाहिँ अदालतबाट नै हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १० : १६ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश