धादिङमा मृत्यु भएका विदेशी पर्यटकको शव काठमाडौं ल्याइयो | Khabarhub Khabarhub
Logo
१९ मंसिर २०७६, बिहीबार

धादिङमा मृत्यु भएका विदेशी पर्यटकको शव काठमाडौं ल्याइयो



काठमाडौं- धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा मृत्यु भएका एक पर्यटकको शव काठमाडौं ल्याइएको छ ।

शनिबारटेन्टमा सुतेका अष्ट्रियाका ७० वर्षिया विल्हियम विहिण्डरको टेन्टमा सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

पदयात्राका लागि आएका पर्यटकको अत्यधिक चिसाको कारण बास बसेकै स्थानमा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरी उपरीक्षक राजकुमार वैदवार सदरमुकामबाट हेलिकोप्टर लिएर घटनास्थलतर्फ गएका थिए । घटनास्थल रुबीभ्यालीको सेर्तुङ प्रहरीचौकीबाट १० घण्टाको पैदल दुरीमा रसुवा जिल्लाको सीमा नजिकै पर्दछ ।


भर्खर