बच्चालाई पुग्ने गरी आमाको दूध आएन ? यसो गर्नुहोस् | Khabarhub Khabarhub

बच्चालाई पुग्ने गरी आमाको दूध आएन ? यसो गर्नुहोस्


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

शिशुलाई स्वस्थ र तन्तुरुस्त बनाउने सबैभन्दा उत्तम आहार भनेको नै आमाको दूध हो । शिशुलाई जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ ।

स्तनपान गर्नाले शिशुलाई मात्र नभई आमालाई पनि यसले लाभ हुन्छ । आमाको दूधले बच्चालाई धेरै रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भने स्तनपान गराउने आमालाई बाँजोपनको समस्याबाट बचाउँछ ।

कतिपयमा आमाको दूध बच्चाका लागि पर्याप्त हुँदैन भन्ने धारणा पाइन्छ । यदि बच्चाले १५ मिनेट जति लगातार दूध चुस्छ र एक डेढ घन्टासम्म सुत्छ वा खेल्छ भने बच्चालाई पर्याप्त दूध पुगेको मानिन्छ । तर केही अवस्थामा भने सुत्केरी आमाबाटै शिशुलाई दूध पुग्दैन । यस्तो अवस्थामा झोलिलो खानेकुराका साथ ज्वानोको झोल, विभिन्न सुप, दूध, नीमको रस, गेडागुडीको झोल आदि नियमित खानुपर्छ ।

साथै माछामासु, सागपात, फलफूलजन्य खानेकुराले पनि आमाको दूध वढाउछ । सुत्केरी आमाको दूधले अरु के खादा शिशुलाई पर्याप्त दूधले पुग्ने हुन्छ त ?

ज्वानोको झोल

५ ग्राम ज्वानो आधा लिटर पानीमा स्वादको लागि अलिकति नुन र घिउ राखी आधा हुने गरी उमालेर मनतातो भएपछि २/३ घण्टाको अन्तरमा दैनिक ५/६ पटक पिउनाले आमाको दूध पर्याप्त आउँछ ।

झोलिलो खाना खाने

कुनै पनि हरियो सागसब्जीको झोल बनाएर त्यसलाई मनतातो भएपछि खानाले आमाको दूध प्रसस्त हुने र शिशुलाई पर्याप्त हुने गर्दछ ।

दालचिनी र दूध

दालचिनीलाई पिसेर धुलो बनाई एक कप दूधमा आधा चम्चा दालचिनीको धुलो फिटेर दैनिक २ पटक पिउनाले बिस्तारै आमाको दूध बढ्दै जान्छ र बच्चालाई पुग्दो हुन्छ ।

जिरा, मह र दूध

आधा कप दूध र दुई चम्चा जिराको दाना उमालेर एक गिलास उमालेको पानीमा एक चम्चा महको मिश्रण बनाई नियमित २ पटक पिउनाले सुत्केरी आमाको दूध प्रसस्त हुन्छ ।

साग र दूध

राम्ररी पखालेको मेथी वा पालुङ्गोको सागलाई दुई कप दूधमा उमालेर सुत्केरी आमालाई नियमित ख्वाएमा यसले प्रसस्त दूध आउने र बच्चालाई पुग्दो हुन्छ । यसले आमाको स्वास्थ्यमा पनि लाभ गर्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : ०४ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको