जीवनभर खुसी राख्ने २३ उपाय | Khabarhub Khabarhub

जीवनभर खुसी राख्ने २३ उपाय


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हरेक मानिस सधैँ खुसी रहने चाहना राख्छन् । तर सधैँ यस्तो हुँदैन । मानिसहरुले ठूलो कुरा प्राप्तिलाई मात्रै खुसीको रुपमा लिने गर्छन् । जीवनमा ठूलो कुराले मात्रै खुसी पाइँदैन । केही क्षणको सम्झनाले मात्रै पनि खुसी दिँदैन ।

टिचिकी डेभिस, पिएचडीले खुसी हुने विभिन्न उपाय र तरिका खोजेका छन् । खुसी हुने विज्ञानसम्मत तरिका पत्ता लगाउने उनले कोसिस गरेका छन् ।

हामीले केही साना–साना कुरालाई पनि जीवनमा निरन्तर लागू गर्दै जाने हो भने खुसी प्राप्त गर्न सकिने उनको धारणा छ । यसैका आधारमा जीवनमा विभिन्न तरिका अवलम्बन गरी बढीभन्दा बढी खुसी प्राप्त गर्न उनले खोजेका २३ उपाय यस प्रकार छन् ।

१. पत्ता लगाउनुहोस्, म के गर्दै छु

यदि तपार्ईंलाई केही थाहा छैन भने, तपार्ईं जहाँ हुनुहुन्छ त्यही स्थानबाट केही पाउन वा सिक्न संघर्ष गर्दै हुनुहुन्छ भने तपार्ईंंले पहिलो चरणमा के गरेर खुसी पाउने, त्यसको उपाय पत्ता लगाउनुपर्छ । यसकारण तपार्ईंंको जीवनमा आएका प्रश्नको उत्तर दिन सजिलो हुन्छ । प्रश्न धेरै हुन्छन्, ती प्रश्नबारे हामीले ज्ञान प्राप्त गर्न सक्छौँ । जीवनमा हामीले सिक्नुपर्छ, सिकेपछि धेरै ज्ञान पाउन सकिन्छ । हामीमा भएको कमी–कमजोरी पत्ता लगाएर पनि आफूलाई सुधारेर एउटा नयाँ बाटो बनाउन सकिन्छ । यस्ता कुराले पनि हामीलाई जीवनमा धेरै आनन्द प्रदान गर्छ ।

२ आत्मविश्वास बढाउनुहोस्

तपार्ईंले आफ्नो जीवनमा खुसी बढ्दै जाँदा के कारणले खुसी प्राप्त भइरहेको भनेर थाहा पाउनुपर्छ । जीवनमा खुसीले तपार्ईंलाई आत्मविश्वास प्रदान गर्छ । साना–साना खुुसीले पनि तपार्ईंको आत्मविश्वासमा वृद्धि गर्छ । खुसी हुने उत्कृष्ट तरिकामध्ये सबैभन्दा महत्वपूर्ण आफूमा कसरी बढीभन्दा बढी कृतज्ञ हुन सकिन्छ वा काम गरेर हार्दिकता पाउन सकिन्छ, ती कुरालाई जीवनको पहिलो प्राथमिकतामा राख्नुपर्छ । आफ्नो पहिलो प्राथमिकता छनोट गर्नुपर्छ । त्यही प्राथमिकता तपार्ईंलाई आत्मविश्वास दिने महत्वपूर्ण सूत्र बन्छ ।

३. आफ्नो सिकाइमा सक्दो ऊर्जा थप्दै जानुहोस्

तपाईं जीवनमा खुसी हुने सम्भावित साना–साना कामसँग जोडिनुपर्छ, त्यस्तो कला सिक्दै जानुपर्छ । जस्तै, तपाईंलाई खाना पकाउन आउँदैन भने खाना पकाउन सिक्नुहोस् । अर्को कुरा जीवनमा खुसी प्राप्त गर्ने धेरै आयाम छन् । जीवनलाई सहज बनाउन विभिन्न नयाँ उपाय सिक्नुपर्ने हुन्छ । आफ्नो आत्मविश्वास बढाउनका लागि भाषा सिक्ने, सीप सिक्ने गर्नाले त्यसले तपाईंलाई छुट्टै ऊर्जा प्रदान गर्छ । जीवनमा आफूलाई आत्मविश्वासको खानी सम्झनुुपर्छ । मेरो विचारमा जीवनमा खुसी हुन सबैभन्दा पहिले सकारात्मक सोच राख्नुपर्छ । यसले तपाईंलाई अझ बढी खुसी भएको महसुस दिलाउन सक्छ । जस्तै, तपाईं कल्पना गर्दा सधैँ खुसी भएको गर्नुहोस्, कल्पनाको शक्तिले पनि तपाईंलाई खुसी प्राप्त गर्न ठूलो सहयोग गर्छ । आफूले जीवनमा राम्रा–राम्रा काम गरेको स्मृतिलाई मानसपटलमा राख्नुहोस् । यस्तो सोच बनाउनुहोस्, जुन सोचले तपाईंलाई जीवनको लामो दूरी पार गर्न सहज बनाओस्, जुन खुसीले लामो यात्रा छोटो होस् । त्यसैमा पनि खुसीको मात्रा बढिरहेको हुन्छ, त्यो यात्राले तपाईंको खुसीको आयाम बढाइरहेको हुन्छ ।

सामाजिक सञ्जालले तपाईंको खुसी बिस्तारै–बिस्तारै हरण गरेर लान्छ । हामीले त्यसबाट छुटकारा पाउनका लागि भरसक कम मात्र चलाउने कोसिस गर्नुपर्छ । त्यसका लागि नयाँ–नयाँ सिर्जनात्मक काममा व्यस्त हुनुपर्छ ।

४. खराब कुराहरू हटाएर जीवन सन्तुलनमा राख्नुहोस्

यदि आफूले गरिरहेको कामबाट तपार्ईं आफैँ खुसी हुनुहुन्न भने जीवनका लागि कसरी शक्ति प्राप्त गर्नुहुन्छ ? त्यो काम साँच्चिकै गाह्रो छ भने नयाँ–नयाँ काम सिकेर खुसी हुनुपर्छ । त्यसले तपाईंलाई अझ धेरै खुसी बनाउन सहयोग गर्छ । खुसी बढाउने काम गर्न तपाईंले राम्रो समयको छनोट गर्नुपर्छ । यसले तपाईंको जीवनमा र खुसीलाई सन्तुलनमा राख्न धेरै सहयोग गर्छ ।

५. खुसी हुनका लागि आफू मानसिक रूपमा तयार हुनुहोस्

हामी आफैँले आफ्नो मानसिकता वृद्धि गर्न सक्छौँ । जब हामी आफैँलार्ई परिवर्तन गर्न सक्छौँ तब खुसीको भागिदार बन्छौँ । जब हामी खुसी हुन तयार हुन्छौँ तब खुसी हुने मानसिकता आफैँ तयार पार्छौं । जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा विश्वास हो, आफूलाई खुसी राख्न पहिले आफैँमा विश्वास राख्नुपर्छ, आफैँ मानसिक रुपमा तयार हुनपर्छ, खुसीका आधार तय गर्नुपर्छ । अन्यथा हाम्रा प्रयास सबै निरर्थक हुन्छन् । हाम्रो जीवनमा अरूले खुसी भरिदिने होइन ।

६. सकारात्मक सोच बनाउनुहोस्

तपाईंको दिमाग सकारात्मक सोचले मात्र राम्रो बन्न सक्छ । नकारात्मक विचारले तपाईंको धारणालाई राम्रो अवधारणाको रुप दिन सक्दैन । त्यसैले सदा सकारात्मक सोच राख्नुहोस् । सकारात्मक सोचले नै हाम्रो दिमागलाई स्वस्थ्य बनाइराख्छ ।

७. नराम्रो कुरामा पनि राम्रो कुरा खोज्ने प्रयास गर्नुहोस्

हामीले देखेका सबै कुरा राम्रा वा नराम्रा हुन्छन् भन्ने छैन, हाम्रो हेराइमा भर पर्छ । कालो बादलमा पनि चाँदीको घेरा देख्न सक्नुपर्छ । हामीले जीवनमा आफूलाई खुसी राख्ने कुरा मात्र खोज्नुपर्छ । हामीले सकारात्मक विचारलाई मात्र स्थान दिनुपर्छ, नकरात्मक विचारलाई पूरै निरुत्साहित गर्नुपर्छ । हामी सधैँ चिन्तामुक्त रहनुपर्छ, चिन्ता हटाउने कला सिक्नुपर्छ । यसको माध्यमबाट हामी आफ्नो क्षमता अभिवृद्धि गर्न सक्छौँ । जीवन अवसर हो भनेर सम्झिनुपर्छ ।

८. सामाजिक सञ्जालबाट टाढा बस्नुहोस्

सामाजिक सञ्जालले तपाईंको खुसी बिस्तारै–बिस्तारै हरण गरेर लान्छ । हामीले त्यसबाट छुटकारा पाउनका लागि भरसक कम मात्र चलाउने कोसिस गर्नुपर्छ । त्यसका लागि नयाँ–नयाँ सिर्जनात्मक काममा व्यस्त हुनुपर्छ । सामाजिक सञ्जालबाट छुटकारा पाउन सकेको खण्डमा मात्र हामी खुसीको सीमा बढाउन सक्छौँ । खुसीको सीमा विस्तार गर्नु छ भने सामाजिक सञ्जालको प्रयोग कम गर्दै लानुपर्छ ।

९. जे गर्दा खुसी मिल्छ, त्यही गर्नुहोस्

सधैँ आफूलाई राम्रो काममा व्यस्त राख्नुहोस्, जुन कामले तपाईंलाई अधिक खुसी प्रदान गरोस् । जीवनमा जुन कामले तपाईंलाई खुसी प्रदान गर्छ, त्यसैलाई प्राथमिकतामा राख्नुहोस् । जस्तै, तपाईंलाई गाडी ड्राइभिङ गर्दा खुसी मिल्छ भने त्यही गर्नुहोस् । खाना पकाउँदा खुसी मिल्छ भने पकाउनुहोस् । सबैभन्दा बढी जेमा खुसी मिल्छ, त्यही काममा लाग्नुहोस्, जसले तपाईंको उचाइ बढाओस् ।

१०. अरूसँग नम्र बोल्नुहोस्

जब हामी अरूसँग राम्रो र नम्र बोल्छौँ, हामीमा एकप्रकारको सकारात्मक सोच र आत्मविश्वासको भावना वृद्धि हुँदै जान्छ । हामीले जतिसक्दो राम्रो गर्नुपर्छ । राम्रो गर्नु भनेको राम्रो परिणाम प्राप्त गर्नु हो । हामी जीवनभर दयावान् बन्न सक्नुपर्छ । हामीले जीवनमा सधैँ एकअर्कालाई खुसी राखेर अगाडि बढ्ने र त्यही कौशल सिक्ने कोसिस गर्नुपर्छ । हामीले बोल्ने शैलीमा सधैँ ख्याल गर्नुपर्छ । बोलीले जीवनकोे लामो यात्रा सहजै पार गर्न सहयोग गर्न सक्छ । बोल्ने शैलीले नै तपाईंको सुनौलो यात्रा तय गर्नेछ ।

११. नकारात्मक सोच त्याग्नुहोस्

नकारात्मक सोच, विचार र गलत काम गर्ने मानिससित सधैँ टाढा रहनुहोस् । आफूमा कहिल्यै नकारात्मक सोच आउन नदिनुहोस् । सकारात्मक सोच नै जीवनको ऊर्जा हो भन्ने मानेर अगाडि बढ्नुहोस् । हामी कहिलेकाहीँ यस्तो काम गर्छौं जसलाई मापन गर्न सकिन्न । हामी कहिलेकाहीँ अरूले नगरेको काम गर्छौं । यस्तो गर्दा हामीले सकारात्मक सोचका साथ गर्नुपर्छ । हामीले गरेको कामले सधैँ अरूलाई प्रेरणा मिलोस् ।

१२ सधैँ स्पष्ट हुनुहोस्

आफू कहाँ गइरहेको छु थाहा नहुनु भनेको अन्योलमय जीवन बिताउनु हो । किन यस्तो अन्योल भएको छ पत्ता लगाएर अगाडि बढ्दा तपाईंलाई फाइदा हुन्छ । यसले तपाईं तपाईंलाई खुसी रहन ठूलो मद्दत गर्छ । जीवनमा उद्देश्य प्राप्तिका लागि अडिग हुनुपर्छ, विचार स्पष्ट हुनुपर्छ । खुसी हुन चाहने हो भने आफ्नो विचार र भावनासँग सधैँ स्पष्ट हुनुपर्छ ।

१३. जीवनको महत्व बुझ्नुहोस्

जब तपाईं आफ्नो जीवनको महत्व बुझेर आफ्ना लागि केही गरूँ भनेर अगाडि बढ्नुहुन्छ, त्यसवेला आफ्ना लागि केही खोजी गर्नुहुन्छ र आफ्नो खुसीका लागि पूर्ण रूपमा तयार हुनुहुन्छ । कसरी खुसी हुने भनेर भौँतारिएका वेला तपाईंलाई कुनै कुराले छुँदैन । खुसी हुनु छ भने पहिले आफ्नो महत्व बुझ्नुहोस्, अनि आफ्नो धारणामा बाँच्नुहोस् । अर्काको देखासिकीमा कहिल्यै नबाँच्नुहोस्, सधैँ आफ्नो मौलिकपनमा बाँच्नुहोस् ।

१४. राम्रोका लागि ध्यान दिनुहोस्

हो, पक्कै पनि जीवन सोचेजस्तो हुन्न । वेला–वेला जीवनमा गाह्रो, अप्ठ्यारो हुन्छ र त्यो नै ठूलो हो भन्ने महसुस गराउँछ । तर, हामी सधैँ राम्रो गर्न तयार रहनुपर्छ । राम्रो गर्दा हामी सधैँ सोचेभन्दा माथि पुग्न सक्छौँ । तपाईं राम्र्रो गर्नुहुन्छ भने त्यसको बदलामा राम्रो नै पाउनुहुन्छ । त्यसले तपाईंको जीवनमा एकप्रकारको खुसीको बहार ल्याउँछ । जीवनमा खुसी हुने एउटा प्रक्रिया हुन्छ । निरन्तर राम्रो गरेर नै तपाईंले जीवनमा खुसीको उपहार पाउनुहुन्छ ।

१५. यस्तो कल्पना गर्नुहोस् जसले नयाँ बाटो बनाओस्

हाम्रो मस्तिष्कलाई धेरै गाह्रो भएका वेला यसले कुन–कुन चिजलाई फरक पार्छ भन्ने पहिचान गर्न सक्नुपर्छ । कतिपय अवस्थामा हामी के राम्रो के नराम्रो छुट्याउन सक्दैनौँ । त्यस्तो वेला यस्तो सोच्नुहोस् जसले तपाईंको कल्पनाशक्ति बढाओस्, खुसीको भण्डार वृद्धि गरोस् । जब तपाईं कल्पना गर्न थाल्नुहुन्छ तब फरक पाउन सक्नुहुन्छ । खुसी पाउनु छ भने सधैँ सक्रिय रहनुहोस्, सक्रियताले तपाईंलाई खुसीसाथ बाँच्न सहयोग पुर्या‍उँछ ।

१६. शान्त बस्नुहोस्

हामीलाई वेलावेलामा कहाँ–कहाँ टाढा जान मन लागेर आउँछ । संसार नै अँध्यारो लाग्छ र सारा जगत् डरलाग्दो लाग्छ । तर, हामीले जीवनमा यस्तो सोच आउन दिनुहुँदैन । यसले जीवनलाई अन्योलतर्फ धकेल्न प्रेरित गरिरहन्छ । हामी सधैँ कर्मयोगी बनेर व्यस्त रहने प्रयास गर्नुपर्छ । कर्मले सधैँ हामीलाई आफ्नो लक्ष्यमा पुर्‍याउन सहयोग गर्छ । जीवनमा सधैँ व्यस्त रहनुहोस्, किनकि खाली दिमाग सैतानको घर हो ।

१७. तपाईंको विचारमा खुसी के हो जान्नुहोस्

सबैलाई एउटै कुराले खुसी दिँदैन । खुसीलाई बुझ्ने, अनुभूत गर्ने आ–आफ्ना तरिका हुन्छन् । खुसीलाई आफ्नै तरिकाले परिभाषित गर्ने अधिकार छ हामीलाई । यो जीवनप्रतिको धारणा र जिउने तरिकामा निर्भर हुन्छ । त्यसैले पहिले तपाईंका लागि खुसी के हो चिन्नुहोस् । जीवनमा जे छ, त्यसैमा सन्तोष मान्न सक्नुभयो भने खुसी आफैँ मिल्नेछ । जे देख्नुहुन्छ, जे प्राप्त छ त्यसैमा खुसी हुन सिक्नुहोस्, त्यसले तपाईंको जीवन सहज बनाउँछ । यसैले तपाईंलाई जीवनको उत्कर्षमा पुर्‍याउन सहयोग गर्छ ।

१८. जीवन बाँचेपछि सहज हुन्छ

मैले जीवनलाई परिवर्तन गर्नु छ, मैले गरेका काम ठिक छन्, मैले अझै ठिक गर्नु छ जस्ता सोच राख्नुहुन्छ भने तपाईंल जीवनमा अगाडि बढ्न सहयोग पुग्छ । तपाईंले जीवनमा आफैँलाई बलवान् बनाउनुपर्छ, डरलाई पूरा हटाउनुपर्छ र जीवनलाई सधैँ उमंगमय बनाउनुपर्छ, जीवनलाई सधैँ एउटा उत्सव सम्झेर काम गर्नुपर्छ, सहज र सार्थक जीवन बिताउनुपर्छ । खुसी रहन आफ्नो जीवनलाई सधैँ सहज बनाउनुहोस् ।

१९. आफ्ना लागि आफैँ बोल्नुहोस्

जब हामी आफ्ना कुरा दाबीका साथ सम्बन्धित ठाउँमा आफैँ राख्छौँ, त्यसवेला खुसी महसुस गछौँ । यसो गर्दा हामीलाई आफ्ना उत्सुकताले विजय प्राप्त गरेको अनुभूति हुन्छ । त्यसैले सधैँ आफ्ना कुरा निर्धक्क भएर आफैँ राख्नुहोस् । तर, त्यसबखत आफूलाई एकदमै नियन्त्रणमा राख्नुपर्ने हुन्छ, सजग हुनुपर्छ । हामीले सधैँ आफुभित्रका चुनौतीको सामना गर्न सिक्नुपर्छ, जसले हामीलाई खुसी राख्न मद्दत गर्छ ।

२०. आफ्नो उद्देश्य पत्ता लगाउनुहोस्

वास्तवमा हामी मेरा कारणले यो धर्तीमा सकारात्मक प्रभाव परोस् भन्ने चाहन्छौं । यही सकारात्मकताले जीवनमा ठूलो यात्रा गर्न सकिन्छ । तर, हामी वेलावेलामा जीवनलाई अनिश्चितताको खाडलमा लाने काम गर्छौं । जीवनलाई जे बनाउनु छ, सबै आफ्नै हातमा हुन्छ । तपाईं जीवनमा ठ्याक्कै के चाहनुहुन्छ ? तपाईंले खोजेको कुराले के दिन्छ ? त्यसले तपाईंको जीवनमा खुसी दिन्छ वा दिँदैन ? यी सबैभन्दा महत्वपूर्ण छन् र यी कुराले तपाईंको जीवनमा ठूलो प्रभाव राख्छन् । यस्तो कुरा खोज्नुहोस् जसले जीवनमा सन्तुष्टि प्रदान गरोस् ।

२१. सम्बन्ध अर्थपूर्ण बनाउनुहोस्

हामी खुसी भएका वेला अरूका लागि जे गर्न पनि तयार हुन्छौँ । किनभने, हामीले यी सबै चिजमा रमाइलो महसुस गर्छौं । यसले हाम्रो जीवन र सम्बन्धलाई सार्थक बनाउन सहयोग गर्छ, सामाजिक सम्बन्धलाई सुदृढ बनाउँछ । हामीलाई जसले स्याहार वा संरक्षण गर्छ उसलाई सदा सम्मान गर्नुपर्छ र उसका अगाडि कृतज्ञ बन्नुपर्छ ।

२२ अखाद्य वस्तुको प्रयोग बन्द गर्नुहोस्

हामीले खाने वा सोच्ने कुराले जीवनमा ठूलो प्रभाव पार्छ । हाम्रा बानी–व्यवहारले पनि हामीलाई कतिपय कुरामा खुसीको आभाष दिन सकिरहेको हुँदैन । हाम्रो जीवनमा जति खुसीको महत्व छ, त्यति नै पोषणयुक्त खानेकुराको पनि महत्व छ । जीवनमा परिवर्तन ल्याउन सधैँ योग गर्नुपर्छ । यसले तपाईंको जीवनमा खुसी ल्याउन ठूलो सहयोग गर्छ । दैनिकजसो शारीरिक अभ्यास गनुपर्छ । यसले तपाईंलाई खुसीभन्दा टाढा जान दिँदैन । योग र व्यायामले हामीलाई निरन्तर खुसी दिइरहन्छ ।

२३. आफूले आफूलाई नियन्त्रणमा राख्नुहोस्

आफूलाई आफ्नो नियन्त्रणमा राख्न सके मात्र जीवनमा खुसी सम्भव छ । हामी आफ्नो काम गर्न समयतालिका बनाउँछौँ । तालिका बनाएपछि समयमा काम गनुपर्छ । तर, तालिकाअनुसार काम गर्न सकिएन भने पनि हामी दुःखी बन्नुहुँदैन । हामी जे गर्छौं, जीवन सहज बनाउनका लागि गर्छौं, खुसी प्राप्तिका लागि गर्छौं । त्यसैले तपाईं वास्तवमै खुसी हुन चाहनुहुन्छ भने आफूलाई कहिल्यै दुःखी नबनाउनुहोस्, आफूमाथि नियन्त्रण कायम गर्नुहोस् ।

साभार: साइक्लाेजी टुडे

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ३ : २३ बजे

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ