महराको वयान शुरु, म्याद थपको तयारी | Khabarhub Khabarhub

महराको वयान शुरु, म्याद थपको तयारी


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको वयान शुरु भएको छ ।

आइतवार(आज) जिल्ला सरकारी वकिलको कार्यालायमा महराको बयान शुरु भएको हो ।

पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए जसका कारण महराको वयान हुन सकेको थिएन । आज सरकारी वकिलको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान शुरु भएको हो ।

महाराले यसअघि वायन दिन अस्वीकार गर्दै आएका थिए । महराको वयान नसकिएका कारण उनलाई थप हिरासतमा राख्न अदालतको अनुमति माग गर्ने तयारी गरिएको छ ।

पुन म्याथ थप माग गरिने

अनुसन्धानका लागि समय अपुग भएको भन्दै महराको म्याद थपको माग गर्ने तयारी सरकारी वकिलले गरेका छन् ।

पुनः म्याद थप गर्ने प्रकृयाका लागि महरालाई प्रहरीले आइतवार विहान ११ बजे सरकारी वकिलको कार्यालयमा लगेको छ । सरकारी वकिलको कार्यालयमा वयान सकिएपछि पुनः म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिनेछ ।

यसअघि असोज २८ गते काठमाडौं जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

संसद सचिवालयकी एक जना कर्मचारीमाथि यौन दुर्व्यवहारको किटानी जाहेरी परेपछि प्रहरीले असोज १९ गते महरालाई सभामुख निवासबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : ०३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०