१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का | Khabarhub Khabarhub

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्जले धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको भन्दै १८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोकेको छ ।

ती कम्पनीको शेयर कारोबार आजबाट रोक्का भएको स्टक एक्सचेन्जले जनाएको छ । धितोपत्र सूचीकरण नियमावली २०७५ विनियम १६ (१) (क) बमोजिम धितोपत्र सूचीकरणको वार्षिक शुल्क नुबझाएकाले कारोबार स्थगित गरिएको उल्लेख छ ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र यस्तो शुल्क बुझाइसक्नु पर्ने प्रावधान छ । यस समयमा शुल्क नबुझाए शेयर कारोबार रोक्का हुन्छ । यद्यपि, शुल्क बुझाउँदै गए क्रमशः कारोबार पनि फुकुवा हुने नेप्सेले जनाएको छ ।

कारोबार रोक्का भएका कम्पनीहरुमा १८ वटा विकास बैंक, १९ वटा लघुवित्त कम्पनी, ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी र ११ वटा लघुवित्त कम्पनी छन् । यस्तै उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समूहका २ वटा कम्पनी छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : २० बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा