आलममाथिको थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगियो | Khabarhub Khabarhub
Logo
१५ माघ २०७६, बुधबार

आलममाथिको थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगियो



रौतहट– हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलममाथि अनुसन्धान गर्न थप सात दिनको म्याद थप माग गर्दै प्रहरीले रौतहट जिल्ला अदालत लगेको छ ।

यसअघि मदालतले मंगलबार आलममाथिको अनुसन्धानका लागि भन्दै सात दिनको म्याद दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले अदालतले र्दिको सात दिनको समय अपुग भएका कारण पुन म्याद थपका लागि अदालत लगिएको जानकारी दिए ।

घटना भएको १२ वर्षपछि आलामलाई प्रहरीले २६ गते रौतहटबाट पक्राउ गरेको थियो ।

१२ वर्ष अघिको विस्फोटमा परि घाइते भएकालाई इँट्टा भट्टामा हाली जिउँदै जलाएको आरोप आलममाथि लागेको छ ।

हत्या आरोपमा पक्राउ परेसँगै आलमको सांसद पद निलम्वनमा परेको छ ।


भर्खर

0