भारतीय चर्चित उद्योगपति मुकेश अम्बानी चर्चित पत्रिका फोब्र्सको विश्वका सर्वाधिक धनी व्यक्तिमा बर्षेनी अटाउने गर्छन् ।
भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्सका निर्देशक अम्बानीको पढाइ, प्रेमजीवन, निजी महलबारे केही तथ्य
१. घरमै अध्ययन
अम्बानीको बाल्यकाल सामान्य थियो । उनले घरमै अध्ययन गरेका थिए । ‘मेरो अध्ययन घरमै भएको थियो,’ अम्बानी भन्छन् । मुकेश पिता छोराको शैक्षिक र बौद्धिक विकासबारे चासो देखाउँथे ।
सन् १९६० मा अम्बानीका पिताले शिक्षकका लागि एक पत्रिकामा विज्ञापन नै आह्वान गरेका थिए । शिक्षकले अम्बानीलाई बौद्धिक परीक्षण र सामान्य ज्ञान पढाउनुपथ्र्यो । बाबुले घेरै शिक्षकको अन्तर्वार्ता लिए, अन्तमा भारतकै एक विद्यालयमा अध्यापन गर्ने महेन्द्रभाइ छनोटमा परे । ‘
महेन्द्रभाइ हरेक साँझ आउने गर्थे र हामीसँग साढे ६ बजेदेखि ८ बजेसम्म बस्ने गर्थे । शिक्षकले विभिन्न विषयको ज्ञान दिलाउँथे,’ अम्बानी भन्छन् । महेन्द्रभाइसँग दुई घन्टा निकै रमाइलो हुने गरेको अम्बानी बताउँछन् ।
कहिलेकाहीँ उनका पिताले महेन्द्रभाइलाई व्यापारका कुरा सुनाउँथे । सोही वेलादेखि नै अम्बानीमा रिलायन्सप्रति मोह बढेको थियो अम्बानीले पितालाई आफ्नो आदर्श व्यक्ति मान्छन् ।
पिताको प्रभाव आफूमा पनि परेको उनी बताउँछन् । पिताले हरेक आइतबार आफ्नो परिवारका लागि छुट्याउने गर्थे । त्यसैको प्रभावले होला अम्बानी पनि हरेक आइतबार आफ्नो परिवारसँग बिताउँछन् .
२. केमिकल इन्जिनियरिङ
अम्बानीलाई सानैदेखि प्राविधिक विषयप्रति सोख थियो । विद्यालयस्तरको शिक्षापछि आइएस्सी सकेर केमिकल इन्जिनियर पढे ।
सन् १९७० को दशकमा भारतमा टेक्सटाइल ब्रान्डको लोकप्रियता बढेको थियो । तसर्थ, परिवारले उनी टेक्सटाइल इन्जिनियर बनोस् भन्ने चाहन्थ्यो । तर, उनी केमिकल इन्जिनियर बने ।
‘मेरो निर्णयले परिवार नै आश्चर्य प¥योे,’ उनी भन्छन्, ‘केमिकल रिलायन्सको भविष्य देखेर मैले केमिकल इन्जिनियरिङ गरेको हुँ।’ अम्बानी केमिकल इन्जिनियरिङ अध्ययन गर्दा पनि उनी रिलायन्समा पूर्ण रूपमा आबद्ध थिए ।
३. भेट भएको दुई महिनामै प्रेम विवाह
प्रेमिका नीतालाई भेटेको डेढ महिनामा नै उनले विवाह प्रस्ताव गरेका थिए । ‘मैले उनलाई नोभेम्बरमा भेटेँ र डिसेम्बरमा प्रस्ताव गरेँ । सो घटना बिर्सनै सक्दिनँ,’ नाटकीय शैलीमा सन् १९८४ को डिसेम्बरमा गरेको प्रेम प्रस्ताबबारे मुकेश भन्छन्, ‘म उनको स्वाभाविक र नम्र बानीबाट प्रभावित भएँ ।’
मुकेश अम्बानीमा तीव्र सोच्न सक्ने क्षमता नभएको भए उनले नीतालाई त्यति छिटो विवाह प्रस्ताव गर्ने थिएनन् । नीताको सौन्दर्यले भुतुक्कै भएका थिए मुकेश । छैटौँ भेटमा उनले विवाह प्रस्ताव गरेका थिए । ‘म कुनै हालतमा विवाह गर्ने पक्षमा थिएँ,’ अम्बानी भन्छन् । नीताको हात अरू कसैले लैजान्छ कि भन्ने उनको चिन्ता थियो ।
‘मन परेको मानिसलाई टाढा भएको कसले देख्न चाहन्छ र ?’ अम्बानी भन्छन् । ‘मैले स्नातक सकेर विवाह गरौँला भनेकी थिए, तर अकस्मात् अम्बानीले मलाई फिल्मी शैलीमा विवाह प्रस्ताव गरे,’ पत्नी नीता स्मरण गर्छिन् । तर, उनलाई अहिले मुकेशकी पत्नी भएकोमा गौरव छ
४. पत्नीप्रति अनौठो लगाव
एक दिन मुकेश र उनकी पत्नी नीता आफ्नो निजी बोइङ बिजनेस जेट २ विमानमा यात्रा गरिरहेका थिए । यात्राका क्रममा मौसममा अचानक खराबी आयो । विमान ढलपलाउन थाल्यो । सो वेला अम्बानी जोडी डिनर गर्दै थियो । तर, विमान यस्तो हल्लियो कि नीताले खाना खाँदै गरेको प्लेट उनको हातबाट झरेर उनको बहुमूल्य लुगामा लतपतिन पुगेछ ।
यो अवस्था देखेर नीता दुःखी भइन् । तर, भारतकै धनाढ्यले पत्नी दुःखी भएको के देख्न सक्थे ? उनले प्लेट बनाउने अन्तर्राष्ट्रिय कम्पनीलाई विमान ढलपल गर्दा पनि नपोखिने खालको प्लेट निर्माण गर्न फोनबाटै निर्देशन दिए । अम्बानीकै निर्देशनमा सो कम्पनीले विमानभित्र ढलपल गर्दा वा हल्लाउँदा पनि नपोखिने प्लेट निर्माण गरेको छ
५. बर्थडेमा जेट विमान गिफ्ट
अम्बानी परिवारलाई असामान्य महत्व दिन्छन् । परिवारका लागि मनोरञ्जन गर्न हरेक आइतबार समय छुट्याउँछन् । उनलाई जन्मदिन मनाउन कुनै रुचि छैन । तर, पत्नीले वा परिवारका सदस्यले जन्म दिन मनाउँदा उनलाई खासै आपत्ति छैन । उनले जीवनमा एकपटक मात्र जन्मदिन मनाएका छन् । त्यो पनि पचास वर्षको उमेरमा ।
श्रीमतीको एक जन्मदिनको अवसरमा अम्बानीले ६२ मिलियन डलर पर्ने जेट विमान उपहार दिएका थिए । ४४औँ जन्मदिनका अवसरमा श्रीमतीलाई दिएको सो जेट विमानमा अत्याधुनिक कार्यालय, स्याटलाइट टेलिभिजन, वाइफाइको पहुँचलगायत अन्य अत्याधुनिक सुविधा छन् । विश्वकै खर्बपति अम्बानीलाई गहना लगाउन खासै सोख छैन
६. गगनचुम्बी महल
अम्बानीको २७ तले महलको सर्वत्र चर्चा हुने गर्छ । २ अर्ब अमेरिकी डलर मूल्य बराबरको उनको सो महलमा एउटा बलरुम, तीनवटा हेलिप्याड र एउटा स्विमिङ पुल रहेको छ । यो विश्वकै सर्वाधिक महँगो निजी आवास हो ।
एउटा पौराणिक टापु एन्टिलिअ नाम दिइएको सो भवन मुम्बईस्थित प्रमुख व्यापारिक केन्द्रमा पर्छ । सो आवासमा १ सय ६८ वटा कार अट्ने एउटा ग्यारेज, एउटा स्वतन्त्र हेल्थ क्लब, सिनेमाहल छन् । ४ लाख स्क्वायरफिट क्षेत्रफलमा फैलिएको घरको हेरचाहका लागि मात्र ६ सयजना कर्मचारी छन् महलका हरेक तलामा ढोकाबाहिर बगैँचा छ । महललाई लिएर विभन्न आलोचनासमेत गरेको पाइन्छ ।
खासगरी लाखौँ चरम गरिबीको चपेटामा रहेको सो सहरमा अम्बानी महल आफैँमा व्यंग्य भएको विरोधीको भनाइ छ । सन् २००५ मा निर्माणकार्य सुरु गरिएको सो भवनको निर्माण सन् २०१० मा सम्पन्न भएको थियो । स्टर्लिङ इन्जिनियरिङ कन्सल्टेन्सीले निर्माण गरेको भवनमा नौवटा लिफ्ट छन् ।
७. बहुआयामिक पहिचान
अम्बानीको बहुआयामिक पहिचान छ । उनी भारतीय बहुराष्ट्रिय कम्पनी रिलायन्स इन्डिस्ट्रिज लिमिटेड (आरआइएल) का निर्देशक हुन् ।
मुम्बईमा कार्यालय रहेको आरआइएलमा उनको ४४ दशमलव ७ प्रतिशत लगानी छ । उनी फोब्र्स पत्रिकाको विश्वका धनाढ्य व्यक्तिको सूचीमा वर्षेनी पर्छन् । उनी इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट बेंग्लोरका अध्यक्ष हुन् ।
सन् १९८१ मा रेलियन्समा आबद्ध अम्बानीले रेलियन्सइन्डस्ट्रिजलाई सफलताको शिखरमा पुर्याउन निकै मिहिनेत गरेका थिए ।
प्रतिक्रिया