नेमकिपा अध्यक्ष बिजुक्छेले भने- व्यवहार र चरित्रले कम्युनिष्ट बन्नोस् | Khabarhub Khabarhub

नेमकिपा अध्यक्ष बिजुक्छेले भने- व्यवहार र चरित्रले कम्युनिष्ट बन्नोस्


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन आजबाट शुरु भएको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आज महाधिवेशनको उद्घाटन गर्दै अहिलेको सरकारको कार्यशैली समाजवाद उन्मुख नदेखिएकाले सरकारले आफूलाई सुधार्नु पर्ने आवश्यकता औँल्याए ।

उनले अहिलेको नेकपाबाट समाजवाद आउने कुरा असम्भव रहेको दाबी गर्दै वर्तमान सरकारमा सामन्तवाद चरित्र देखा परेको आरोप लगाए । बेरोजगारीको समस्याका कारण विदेशिनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ भन्दै उनले यसलाई रोक्न नसक्नु सरकारको कमजोरी रहेको चर्चा गरे ।

नेमकिपा राजनीतिक चिन्तन बोकेको आफ्नै नीतिमा चल्ने र रचनात्मक आलोचना गर्ने पार्टी भएको बताउँदै अध्यक्ष बिजुक्छेले नेमकिपाले विदेशी हस्तक्षेपको खुलेर विरोध गर्दै आएको बताए ।

बन्दुक बोक्दैमा कम्युनिष्ट बन्न नसक्ने टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले भने, “क्रान्तिकारी र कम्युनिष्ट बन्ने कसी बन्दुक बोक्ने कार्यबाट हुन सक्दैन, नीति, व्यवहार र चरित्रले कम्युनिष्ट बनेर देखाउन नेकपालाई चुनौती दिन्छु ।” कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले सिन्दूरसँग नागरिकता साट्ने गरी नागरिकता विधेयक पारित गर्न नहुने बताए ।

नेपाल मजदूर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध सङ्घर्ष गर्दै आएको बताउँदै सचिव सुवालले नेपालको किसान आन्दोलन र भ्रष्टाचार विरोधी आन्दोलनमा पार्टीले महत्वपूर्ण भूमिका खेलेको दाबी गरे ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापति प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गुसाई, सिर्जना सायजु, पूर्वसांसद अनुराधा थापामगर विभिन्न भ्रातृ सङ्गठनका अध्यक्षहरुले देशको सार्वभौमिकता रक्षाका लागि नेमकिपा सधैँ अगाडि उभिँदै आएको बताए ।

यसअघि आजै भक्तपुरको च्याम्हसिंह, मध्यपुरथिमिको बोडे र काठमाडौँको कोटेश्वरबाट बाजागाजाका साथ शुरु भएको विशाल ¥याली सल्लाघारीमा उद्घाटन सत्रमा गएर समापन भएको थियो ।

आगामी ५ गतेसम्म सञ्चालन हुने नेमकिपाको सातौं महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौँ खुला मञ्चमा छैटौँ महाधिवेशन सम्पन्न भएको थियो भने पार्टी स्थापनाकालदेखि हालसम्म नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुँदै आएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ७ : ५० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय