यस्ता छन् सोंफ खानुका फाइदा | Khabarhub Khabarhub

यस्ता छन् सोंफ खानुका फाइदा


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया होटल तथा र रेष्टुरेन्टमा खाजा तथा खाना खाइसकेपछि सोंफ खाने गरिन्छ । सोंफ खाए पनि यसले पु¥याउने फाइदा बारे सबैलाई थाहा नहुन सक्छ । यसका फाइदा बारे यहाँ प्रस्तुत गरिएको छ–

सले खाना पचाउन मद्दत गर्दछ र यसले मुखलाई समेत ताजा बनाइराख्दछ । यसले मुखबाट दुर्गन्ध आउन दिँदैन । यतिमात्र नभई यसमा अनेकौं औषधीय गुणहरू लुकेका हुन्छन् ।

सोंफमा क्याल्सियम, जिंक, म्याग्नेसियम, आइरन, सेलेनियम तथा म्याग्निजलगायतका तत्वका साथसाथै एन्टी इन्फ्लेमेटोरी, एन्टी माइक्रोबियल तथा एन्टीअक्सिडेन्ट हुने गर्दछ जुन मानिसलाई स्वस्थ रहनका लागि आवश्यक तत्व हुन् । भोजनमा यसको प्रयोग अनेक तरिकाले गर्न सकिन्छ ।

सोंफ खानुका केही फाइदाहरूः

कोलेस्ट्रोल तथा उच्च रक्तचाप नियन्त्रण गर्दछ । सोंफमा न्यून मात्रामा कोलेस्ट्रोल हुने गर्दछ । सोंफमा हुने फाइबरले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्दछ । सोंफको दानाको सेवन उच्च रक्तचापमा पनि फाइदाजनक सावित हुन्छ ।

हृदयघात रोक्न मद्दत गर्दछः

सोंफको सेवनले हृदयघातको सम्भावनालाई न्यून गर्छ । रक्तचापलाई नियन्त्रण गरी यसले हृदयघातको खतरा कम गर्दछ । यसमा राम्रो मात्रामा पोटासियम पाइन्छ जसले रक्तचाप कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

पेटसम्बन्धी रोगबाट बचाउँछः

सौंफले पेटमा अपच हुन दिंदैन । जब सौंफ चपाउन सुरु गरिन्छ, तब यमा हुने तत्वले पाचन क्रियाको काम गर्न सुरु गर्दछ । यसमा हुने फाइबरले पेटको बिकारलाई नरम बनाई कब्जियतको समस्या टाढा भगाउँछ ।

क्यान्सरको रोकथामः

सोफमा म्याग्निज नामक तत्व रहेको हुन्छ । यसका प्रयोगले शरीरमा एक शक्तिशाली एन्टीअक्सडेन्ट इन्जाइम सुपर अक्साइड डिस्म्यूटेसको उत्पादन हुन्छ जसले क्यान्सरको खतरालाई न्यून गर्दछ । यतिमात्र नभई सौंफ चबाउनुले अनुहार, पेट तथा स्तन क्यान्सको सम्भावनालाई पनि कम गर्दछ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ५ : ३१ बजे

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार