यस्तो बनेर आयो ‘छ माया छपक्कै’ को ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

यस्तो बनेर आयो ‘छ माया छपक्कै’ को ट्रेलर (भिडियो)


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण देख्न सकिन्छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी प्रेममा भएको देखाइएको छ ।

यस्तै चलचित्रमा दीपक र केकीका अलावा, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर वाङदेल, अनुराग कुवँर, बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, रजनी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको स्किृप्ट दीपकराज गिरीले तयार पारेका हुन् भने हरि हुमागाईंले खिचेका हुन् । रोहित अधिकारीको लगानी रहेको यो चलचित्र कमेडी जानरामा निर्माण भएको हो ।

चलचित्र दशैँको अवसर पारेर यही असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ३ : १८ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार